धनगढी : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। सोमबार देउवाको निर्वाचन क्षेत्र डडेल्धुरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।
नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उपसभापतिसमेत रहेका डडेल्धुरामा प्रतिनिधि सभातर्फका उम्मेदवार कर्णबहादुर मल्लले देउवाको मनोनयन खारिजको माग गर्दै उजुरी पेस गरेका छन्। मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक-फरक जन्ममिति रहेको भन्दै उजुरी पेस गरेका हुन्।
सोहीअनुसार देउवाको नागरिकतामा जन्ममिति विक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। ‘देउवाको नेपाली नागरिकता र मतदाता नामावलीमा देखिएको फरक-फरक मितिका कारण उनी प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन अयोग्य भएकाले देउवाको मनोनयन खारिज गरि पाउन यो उजुरी गरेको छु’, मल्लले दिएको उजुरीमा भनिएको छ। मल्ल अघिल्लोपटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए। अहिले उनी बिपी कांग्रेसबाट देउवाविरुद्ध चुनावी मैदानमा छन्।
यता, निर्वाचन अधिकृतको कार्यालयले भने यस विषयमा भोलिसम्म निर्णय लिइने जनाएको छ। उजुरी आएको पुष्टि गर्दै भोलिसम्म आवश्यक छानबिन तथा आगामी प्रक्रिया थालिने प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। उनले भने, ‘उजुरी आएको छ। उजुरीको समय अझै बाकी भएकाले तत्काल यस उजुरीबारे केही निर्णय भएको छैन।
उजुरीको प्रकृतिअनुसार अब ऐन बमोजिम छानकिन प्रक्रिया अगाडि बढ्छ।’ उजुरीको प्रकृति हेरेर ऐनअनुसार प्रक्रिया अगाडि चल्ने उनको भनाइ छ। उम्मेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएकी थिइन्। देउवा डडेल्धुरा नआएपछि आरजुले वारेसनामामार्फत् चुनावी मनोनयनपत्र दर्ता गराएकी थिइन्।
संघमा एकमात्र क्षेत्र रहेको डडेल्धुरामा देउवा २०४८ सालयतादेखि अपराजित छन्।
तर, अहिले देउवाविरुद्ध चुनावी मैदानमा नयाँ अनुहारहरु छन्। नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र सागर ढकाल देउवाका प्रतिस्पर्धी हुन्। यस्तै एमालेबाट चक्र स्नेही देउवाविरुद्ध चुनावी मैदानमा छन्।
प्रकाशित:
१४२५ दिन अगाडि
|
२४ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९