मंसीर ४ को चुनावका लागि नेताहरु टिकट पाउन तँछाड मछाड गरे । धेरैले समानुपातिकमा आफूलाई सुरक्षित राख्न कोशिश गरे ।
यसै क्रममा दाङ जिल्लाबाट आपआफ्नो दलबाट अग्रस्थानमा प्रतिनिधि सभातर्फ समानुपातिक सूचीमा रहेका ६ जना सांसद हुने प्रवल सम्भावना बोकेका छन् ।
महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक सुदीप गौतमका अनुसार थारू समुदायबाट काँग्रेसका योगेन्द्र चौधरी र माओवादीकी अस्मा कुमारी चौधरी सांसद छानिने भाग्यमानी देखिएका छन् ।
योगेन्द्र चौधरी दाङ–१ क्षेत्रबाट काँग्रेसबाट प्रत्यक्षतर्फ सिफारिश भएका थिए । तर त्यहाँ गठबन्धनका तर्फबाट नेकपा एसका मेटमणि चौधरीले टिकट हात पारेपछि योगेन्द्र चौधरी समानुपातिकतर्फ सुरक्षित भएका हुन् ।
उपप्राध्यापक गौतमका अनुसार यी बाहेक एमालेकी मेनका कुमारी पोख्रेल, माओवादीकी नारायणी शर्मा तथा राष्ट्रिय जनमोर्चाका रश्मीराज नेपाली पनि सांसद छानिने प्रवल सम्भावना छ । मेनका पोख्रेल एमाले महासचिव शंकर पोख्रेलकी सहोदर बहिनी हुन् ।
त्यस्तै, समानुपातिकमा रहेकी नागरिक उन्मुक्ति पार्टीबाट पार्वती डिसी चौधरीको पनि सांसद छानिने सम्भावना प्रवल रहेको छ । उनी गत निर्वाचनमा काँग्रेसबाट समानुपातिक सांसद थिइन् ।
प्रकाशित:
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९