Above News Title

अन्ततः लक्ष्मण थारूको उम्मेदवारी खारेज

लक्ष्मण थारु भन्छन्ः ‘हामी माथि दमन, षड्यन्त्र योजनाबद्ध हुँदैछ । हाम्रो आन्दोलन जारी छ’
अन्ततः लक्ष्मण थारूको उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी थारुको उम्मेदवारी खारेज भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली– ५ बाट उम्मेदवारी दिएका थारूको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनगढी उपमहागरपालिका–१५ का स्थानीय समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले चौधरीविरुद्ध दिएको उजुरी उपर मंगलबार जाँचबुझ गर्दा चौधरी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाले उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले जनाए ।

टीकापुर घटनासम्बन्धि मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजायसमेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका थारू कानुनतः उम्मेदवार बन्न अयोग्य देखिएको उनको भनाइ छ ।

अदालतमा विचारधीन मुद्दा अन्तिम टुंगो नलागेसम्म उम्मेदवार उठ्न पाइने निर्वाचन आयोगले भने पनि यसको पालना भएन । उम्मेदवारी खारेजबारे नागरिक उन्मुक्तिले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले फेसबुकमा केवल एक शब्दमा प्रतिक्रिया दिएकी छिन्, ‘अन्याय’ ।

उता लक्ष्मण थारुले भनेका छन्– हामी माथिको दमन षड्यन्त्र योजनाबद्ध हुँदैछ । मेरो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय घोर आपत्तिजनक छ । हाम्रोआन्दोलन जारी छ ।

अपडेटेड

प्रकाशित:

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९