श्रेष्ठ रन्जिता चौधरी
न आफू मन्त्री बन्यो
न कालो चिल्लो गाडी चढ्यो
न स्वास्नी छोरालाई बिदेश पठायो
कालकोठरीलाई दरबार ठानी बस्यो
हो मूर्ख रहेछ रेशम चौधरी ।
पहिचानको लागि लड़ी बस्यो
आरोपितको उपनाम पायो
त्यै पनि सहेरै बस्यो
एउटा मन्त्रीले आज भेट्यो
आउ न रेशम पार्टीमा, अनि मन्त्री बन
अर्को मन्त्रीले फेरि भेटयो
जाउ न रेशम पार्टीमा, अनि मन्त्री बन
अहॅ
मान्दैन त्यो मूर्ख मन्त्री बन्न
मान्दैन त्यो मूर्ख सुखसयलमा बस्न
किनकी उसलाइ आफ़्नो पहिचान प्यारो छ
आफ़्नो माग अनि मुद्दा प्यारो छ
पशु सरी बाँधिएर बाँच्न तयार छ बरु
सेरिएर मर्न पनि तयार छ
तर
तयार छैन आफ़्नो पहिचानलाई लिलाम गर्न
तयार छैन आफ़्नो माग मुद्दालाई बेच्न
तयार छैन आफ़्नो अधिकार लिलाम गर्न ।
किन थाह छ ?
किनकि मूर्ख हो रेशम चौधरी
टिकट वितरणमा
कोही भूगोल मिलाएन भन्दैछन्
कोही कलस्टर मिलाएन भन्दैछन्
जालीको जालझेलमा फस्दैछन्
त्यही भएर त म भन्छु
रेशम तिमी एक्लो छौ ।
सारा देशलाई मिलाऊन खोज्दा
आज आफ्नै भूगोल मिलाउन सकेनौ
सारा नेपालीलाई मिलाउन खोज्दा
आज आफ्नै कठरिया, राना, डंगहा,
देसाउरी थारु मिलाउन सकेनौ ।
तिमी त भन्थ्यौ हामी सब थारु एक हौ
तर होइन रहेछ
हामीलाई टुक्र्याउने खेल तिमीले बुझेनौ
हामीलाई कमजोर बनाउने खेल तिमीले बुझेनौ
किनकि तिमी
मूर्ख छौ
हो
तिमी
महान छौ
निडर छौ
मर्न तयार छौ
तर
आफ़्नो पहिचान अधिकार
अनि माग मुद्दालाई लिलाम गर्न
तयार छैनौ ।
आफू मरेर हज़ारौ रेशमलाई बचाउन तयार छौ
इतिहासले तिमीलाई यही भनेर चिन्ने छ
रेशम माग
रेशम मुद्दा
अनि
रेशम पहिचान
न कि रेशम चौधरी एउटा श्रीमान्
न कि रेशम चौधरी एउटा बुबा ।
प्रकाशित:
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९