Above News Title

रेशमका पिता लालवीर चौधरीलाई चुनाव चिन्ह ‘नल’

लक्ष्मण थारुको आधिकारिक समर्थन पाएका जगदीशलाई पनि ‘नल’
रेशमका पिता लालवीर चौधरीलाई चुनाव चिन्ह  ‘नल’

निर्वाचन आयोगले रेशमलाल चौधरीको पिता लालवीर चौधरीलाई चुनाव चिन्ह नल प्रदान गरेको छ ।

बर्दिया–२ बाट उम्मेदवारी दिएका रेशमलालको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्तिले आधिकारिक रुपमा उनका बुवालाई पार्टीको तर्फबाट उम्मेदवार भनेको छ ।

त्यस्तै, कैलाली–५ बाट उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्ति पार्टीबाट आधिकारिक भनिएका जगदीश चौधरीलाई पनि चापाकल अर्थात् नल चुनाव चिन्ह दिइएको छ ।

टीकापुर घटना मुद्दामा रेशम र लक्ष्मण थारुलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेको र रेशम २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको तथा लक्ष्मण थारु उच्च अदालतले जन्मकैद फैसला सुनाए पनि फरार सूचीमा रहकोले उम्मेदवारी खारेज गरेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाउ दिएको थियो । 
 
(यस अघि निर्वाचन आयोगले रेशमलाल चौधरीको पिता लालवीर चौधरीलाई चुनाव चिन्ह मुडा प्रदान गरेको समाचार सच्याइएको छ ।)

प्रकाशित:

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९