Above News Title

प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा परेकी पार्वती डिसी चौधरीले बल्ल माँगिन् ‘ढकिया’लाई भोट

प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा परेकी पार्वती डिसी चौधरीले बल्ल माँगिन् ‘ढकिया’लाई भोट

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा परेकी निवर्तमान काँग्रेस सांसद पार्वती डिसी चौधरीले बल्ल असोज २८ गते ‘ढकिया’लाई भोट माँगेकी छिन् ।
सामाजिक सञ्जालमा आफ्ने विचार राख्दै उनले भनेकी छिन्,नेपाली कांग्रेसले जसरी कांग्रेस पार्टीलाई माओवादीको पोल्टामा सुम्पियो कांग्रेसको निति सिधान्त ध्वस्त पा¥यो । के को लागि ? सत्ता प्राप्तिका लागि । 
त्यसैले कांग्रेसमा बस्न आवश्यक देखिन आज धेरै कांग्रेसका होनहार साथीहरुले कांग्रेस छोडी रहेको अवस्था छ । अब यो मुलुकमा कांग्रेसको आवश्यकता पनि छैन । पार्टी सभापतिले कांग्रेस ध्वस्त पारेको टुलुटुलु हेरेर बस्ने ईतर कांग्रेसले बगावत पनि गर्न सकेन । गरेको भए शायद धेरै साथीहरु सम्हालिने थिए त्यो पनि भएन । भागबण्डामा कुरा मिल्यो ।

बडो दुःखका साथ लेख्नु पर्दै छ । म पार्बता डि.सी. चौधरी नेपाली कांग्रेस छाडेको छु भनेर । 
मैले सदनमा पनि भनेकी थिएँ । पार्टी सभापति शेर बहादुर देउवा ज्युलाई जीवनको अन्तिम घडिमा एउटा राम्रो काम गरेर जानुस् । माओवादी सँगको गठबन्धन तोड्नुस् । नेपाली कांग्रेसलाई बचाउनुस् हैन भने “वर्तमानदेखि भावी पुस्ताले सराप्ने छ्न्” भनेर तर हामी जस्ताको कुरा देउवा ज्यु ले के सुन्नुहुन्थ्यो उहाँलाई कसरी सत्ता प्राप्त गर्ने भन्ने चिन्ता मात्रै छ । 
राजनीतिक कर्मी हुँ कुनै न कुनै पार्टिमा त आबद्ध हुनु नै पर्यो भनेर मैले धेरै कुरा सोचे म क्षेत्रीकी छोरी चौधरी परिवारमा विवाह गरे आज विवाह भएको पनि ३५ बर्ष भएछ । म आज ५६ बर्ष मङ्सिर १३ गते पुग्दै छु । अबको जीवनको अन्तिम घडिमा मैले न्यायको लागि लड्नु पर्छ मेरो कर्तव्य , दायित्व पनि हो । एउटा निर्दोष होन हार बुद्धिजीवी युवालाई टिकापुरको काण्डका दोषी देखाई कारागारमा थुनेको छ । 
मेरो जीवनको अन्तिम क्षणसम्म रेशम चौधरी ज्यु लगायत अन्यायमा परेका सबैको न्यायको लागि लडी रहने प्रण गर्दै म नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पनि जानकारी गराउन चाहन्छु र सबै थारु समुदायहरुलाई आव्हान पनि गर्न चाहन्छु । अब पार्टी भन्दा माथि उठेर रेशम चौधरीलाई न्याय दिनको लागि मङ्सिर ४ गते हुने चुनावमा ढकिया चुनाव चिन्हमा छाप लगाई नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरुलाई विजय बनाउन हुन हार्दिक अनुरोध गर्दछु । जनताबाट अनुमोदित भएको सभामुखले लोगो लगाई दिदा पनि यो राज्यले थारूप्रति गरेको अपमानको बदला भोटबाट दिन हुन सम्पुर्ण थारू समुदायलगायत अन्य समुदाहरुमा पनि नागरिक उनमुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा भोट दिई न्याय गरी दिन हुन पुनः हार्दिक अनुरोध गर्दछु । रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको चुनाव चिन्ह नलकामा भोट दिन हार्दिक अनुरोध गर्दछु । 


 

प्रकाशित:

१४२२ दिन अगाडि

|

२८ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९