Above News Title

के हो धनतेरस ?

धनतेरसमै भाँडाकुँडा किन्नु कति उपयुक्त ?
के हो धनतेरस ?

कृष्ण वस्ती

आज धनतेरस। के धनतेरस धनसँग सम्बन्धित छ  त ? आज सानो चर्चा गरौं।

हामी नेपालीको दोस्रो ठूलो चाड तिहारको मुखमा छौं। तिहारको पूर्वसन्ध्या अर्थात् शनिवार धनतेरस ।

नेपालीहरूले धनतेरसका दिन धातुजन्य वस्तु सुन चाँदी, पित्तल तामाका सरसामानमा अत्यधिक खर्च गर्छन्। र, धनले सम्पन्न हुन धन खर्च गर्छन्। हामीले किन्ने धातु नेपालमा उत्पादन हुँदैन । तसर्थ हामीले खर्च गरेको रकमको ठुलो हिस्सा बाहिर जान्छ।

आखिर धनतेरसको अर्थ धातुधनको खरिदारी होइन। शब्दमा धन देखेको हुनाले हामी त्यसको पछि दौडिएका छौं। धनतेरस यो हिन्दुस्तानी शब्द हो। आयुर्वेदका देवता मानिने भगवान् धन्वन्तरि (जो समुद्रमन्थनबाट उत्पन्न रत्नहरूमध्ये एक) को जयन्ती हो। यो त्रयोदशी तिथिमा पर्छ। त्यसैले धन्वन्तरि त्रयोदशी यसको अर्थ हो । र, छोटकरीमा धनत्रयोदशी हो । यसैलाई हिन्दुस्तानी जिब्राले धनतेरस भन्यो । यहाँ धन भनेको रुपयाँ पैसा र सुनचाँदी नभएर धन्वन्तरी र तेरस भनेको त्रयोदशी तिथिको तद्भव रूप हो।

यस अर्थमा किन्ने नै हो भने स्वास्थ विज्ञानसँग सम्बन्धित पुस्तक, उपकरण किन्ने, आयुवृद्धिका उपायको अध्ययन गरेर धन्वन्तरीको सम्मान गर्ने हो। भाँडाबर्तनले धन्वन्तरी खुसी हुँदैनन्, बरु सागपात फलफूलको प्रयोग जडीबूटीको महत्वबारे अध्ययनले धन्वन्तरीको सम्मान हुन्छ।

जस्तो कि अब चिसोले खोकी लाग्न सक्छ । भोलि किनेको लोहोटा चाटेर आयु बढ्दैन, बरु जेठीमधु किन्नुभयो र त्यसको टुक्रो चुस्ने गर्नुभयो भने निको हुन्छ। यसो गर्दा धन पनि देशमै रहन्छ र आयु पनि बढ्छ। उसैपनि स्वास्थ्यभन्दा ठूलो धन के हुन्छ र ?

प्रकाशित:

१४१३ दिन अगाडि

|

५ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९