Above News Title

मतदान गर्दा हजार पटक सोचौं

मतदान गर्दा हजार पटक सोचौं

२०७९ मंसिर ४ मा हुने चुनावमा खास गरी त्रिपक्षीय प्रतिस्पर्धा हुन गइरहेको छ । सत्तापक्षीय गठबन्धन, प्रतिपक्षीय गठबन्धन र अन्यको बिचमा । सत्तापक्षीय गठबन्धन र प्रतिपक्षीय गठबन्धन देशब्यापी छ । 

१. सत्तापक्षीय गठबन्धनमा काँग्रेस, माओवादी, लोसपा, माओवादी, एकिकृत समाजवादी र जनमोर्चा छन् ।  

२. प्रतिपक्षीय गठबन्धनमा एमाले, जसपा, राप्रपा, राप्रपा नेपाल, काँग्रेस (बीपी) छन् । 

३. अन्यमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेमकिपा लगायत साना दल एक्ला एक्लै लडेका छन्  । स्वतन्त्रहरु त एक्लै लड्ने नै भए । घनश्याम भुसाल लगायत स्वतन्त्रलाई  अपवादको रुपमा गठबन्धनको साथ छ । 
खस गरी सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको धेरै निर्बाचन क्षेत्रमा सत्तापक्षीय गठबन्धन (काँग्रेस गठबन्धन) र प्रतिपक्षीय गठबन्धन (एमाले गठबन्धन) लाई नागरिक उन्मुक्ति पार्टीले कडा टक्कर दिइरहेको छ भने धेरै निर्वाचन क्षेत्रमा स्वतन्त्रले कडा टक्कर दिइरहेका छन् । 

क, ख, ग, घ जो उठेपनि सत्तापक्ष समूहको नेतृत्व शेरबहादुर देउवाले, प्रतिपक्ष समूहको नेतृत्व केपी ओलीले गरिरहेका छन् भने नागरिक उन्मुक्ति पार्टीको नेतृत्व जेलबाट रेशम चौधरीले गरिरहेका छन् । 

देउवा र ओली आआफ्नो क्षेत्रबाट चुनाव लडिरहेका छन भने रेशमलाई निर्वाचन आयोगले चुनाव लड्नबाट रोकेको छ । देउवा र ओली भोटको लागि धेरैजसो ठाउँमा आफैं पुग्ने वातावरण छ भने रेशम चौधरी सशरीर आफैं पुग्न सक्ने अबस्था छैन । 
एकातिर काँग्रेस र एमालेको २ वटा गठबन्धन (पाँच पाँच पार्टीको) उभिएको छ भने अर्कोतिर नागरिक उन्मुक्ति पार्टी एक्लै उभिएको छ । 

अथवा भनौं एकातिर देउवा र ओली समुहसहित उभिएका छन् भने अर्कोतिर अधिकारको लागि आवाज उठाउँदा जेल सजाय पाइरहेका रेशम चौधरी एक्लै उभिएका छन् । 

तीनटैले जनताको अमूल्य मतको हकदार आफू रहेको दावी गरिरहेका छन् । न्यायाधीशको कुर्सीमा यतिबेला जनता छन् । न्याय दिने वा नदिने, कसको पक्षमा उभिने त्यो अधिकार जनतालाई छ । 

त्यसैले कसैको दवाव वा प्रभावमा पर्न नचाहने हो भने, सत्य र न्यायको पक्षमा उभिने हो भने जनता कुनै पनि उम्मेदवारको नगदी, जिन्सी, रक्सी, मासुको लोभबाट टाढा रहने र भोट हाल्नु अगाडि हजार पटक सोच्नुपर्ने बेला आएको छ । 

प्रकाशित:

१४१२ दिन अगाडि

|

७ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९