कविशिरोमणि लेखनाथ पौड्याल
सुखमय पारी सब संसार
आयो रसिलो चाड तिहार
बन्दछ मानू सबको काम
खुसी छन् राजा रैति तमाम ।
अन्न छ सबका घर घर घर पूर्ण
छैन कसैको पेट अपूर्ण
काग र डुलुवा कुत्तासम्म
भात नहेर्ने यो छ अचम्म।
घर घर सबका भाँती भाँती
झकमक बल्छन् दीपक ताँती
झिलिमिली झिलिमिली वारी पारी
यो छ मजाको रमिता भारी।
जय जय लक्ष्मी आउ आउ
स्थिर गर हाम्रा घरमा पाउ
भन्दै हिन्दू सब नरनारी
गर्छन् पूजा भवन शिंगारी।
खेती पाती पूर्ण तयारी
ढकमक फूलले ती फूलबारी
हँसिला मुखलका सब नर नारी
सब तिर लक्ष्मी पूजा भारी।
वरपर सबका दाजु भाइ
बटुलिन थाले टीकालाई
हिँड सब जाउँ बहिनीबाट
पहिरौं टीका पारौं ठाँट।
सब सिद्ध्याई टीकाटाला
पहिरि गलामा लामा माला
चिजबिज खाउँ चाड मनाउँ
बेर नलाउँ जाउँ जाउँ।।
प्रकाशित:
१४१२ दिन अगाडि
|
७ कात्तिक २०७९
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९