Above News Title

कविताः पागल

कविताः पागल

महाकवि लक्ष्मीप्रसाद देवकोटा 

जरूर साथी म पागल !

यस्तै छ मेरो हाल।

म शब्दलाई देख्दछु !

दृश्यलाई सुन्दछु !

बासनालाई स्वाद लिन्छु।

आकाशभन्दा पातला कुरालाई छुन्छु।

ती कुरा,

जसको अस्तित्व लोक मान्दैंन

जसको आकार संसार जान्दैन !

म देख्दछु, ढुङ्गालाई फूल !

जब, जलकिनारका जल चिप्ला ती,

कोमलाकार, पाषाण,

चाँदनीमा,

स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,

पत्रिएर, नर्मिएर, झल्किएर,

बल्किएर, उठ्दछन् मूक पागलझैँ,

फूलझैँ- एक किसिमका चकोर फूल !

म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग

एक भाषा, साथी !

जो लेखिन्न, छापिन्न, बोलिन्न,

बुझाइन्न, सुनाइन्न।

जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा

साथी ! छाल छाल !

जरुर साथी म पागल !

यस्तै छ मेरो हाल !

तिमी चतुर छौ, म वाचाल !

तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ

मेरो गणितमा एकबाट एक झिके

एकै बाँकी रहन्छ !

तिमी पाँच इन्द्रियले काम गर्छौ,

म छैटौँले !

तिम्रो गिदी छ साथी !

मेरो मुटु।

तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,

म उसमा हेलेन र पद्मिनी पाउँछु,

तिमी बलिया गद्य छौ !

म तरल पद्य छु !

तिमी जम्दछौ जब म पग्लन्छु,

तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,

र ठीक त्यसैका उल्टो !

तिम्रो संसार ठोस छ।

मेरो बाफ !

तिम्रो बाक्लो, मेरो पातलो !

तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,

ठोस कठोरता तिम्रो यथार्थ छ।

म सपनालाई समात्न खोज्दछु,

जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको

पान्ढीकीको बाटुलो सत्यलाई !

मेरो छ वेग काँडाको साथी !

तिम्रो सुनको र हीराको !

तिमी पहाडलाई लाटा भन्दछौ,

म भन्छु वाचाल।

जरुर साथी।

मेरो एक नशा ढिलो छ।

यस्तै छ मेरो हाल !

प्रकाशित:

१४११ दिन अगाडि

|

७ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९