ठाकुर बेलवासे
मौसम अनुसारका फूलका रङ
फूलकै सुवास
फूलको हाँसो
अनि फूलको घुर्की खोज्न
कुनै वनजंगल
या कुनै बागबगैँचा
धाउनु पर्दैन छोरीको बाउलाई
प्रकृतीका अनेकन रुप खोज्दै भौँतारिनु
गर्मी छल्न चौतारो खोज्नु
जाडो छल्न घाम खोज्नु
यी सबै सबै झन्झट बेहोर्र्नु पनि पर्दैन
छोरीको बाउलाई
दिनभर हिँडेर
साँझको थकित जोगीजस्तो
अनेकन पीडा बिसाउन
साथको भीख माग्दै दौडिरहनु पनि पर्दैन
छोरीको बाउलाई
मनबाट खुसी उम्लिएर
बाटो भरि आफै पोखिनु
अँ, रित्तोरित्तो बन्नु
या हिमालको टुप्पोमा पुगेर
हाँसोलाई जमिनतिर उडाईरहन खोज्दा
आफ्ना भन्ने कोही नदेखिनु
मान्छे भन्ने कोही नलाग्नु
उमङ्ग हठात्
वादल बनेर आफ्नै आँखामा भरिनु
यी सब कुरा
दन्त्यकथा जस्तै हुन
छोरीको बाउलाई
छोरीका गालामा
लालीगुराँस फुल्छ
ओठमा चमेली झुल्छ
आँखामै छ
बिहानको कलिलो सूर्य
अनि परेलीमै छ
मध्यान्नको तेजिलो घाम
छोरीले मन दुखाउँदा
क्षणभरमै सिङ्गो आकाश
कालो बादलले छोपिन्छ
छोरी हाँस्दा
चक्रवातले थलिएको पृथ्वी खुल्छ
दुःख दुःखेर मनभरी
पीडा सुसेल्दै घर पुगेको बेला
छोरीको स्पर्शले
दुःख सुकेको पातजस्तो उडेर क्षणभरमै हराउँछ
कहिलेकाँही खुसीले
मन
मान्छेको जम्काभेटमा परेको सिंहजस्तो
गर्जिएका बेला
छोरी आगाडि आएपछि
मन हरिणजस्तो कोमल कोमल बन्छ
खुसी विहानीको दुवोजस्तो शीतल शीतल बन्छ
छोरीको बाउ हुनु
मान्छे बन्नु हो रहेछ
छोरीको बाउ हुनु
दुःख जित्नु रहेछ
के तपाईँ पनि
छोरीको बाउ हो ।
प्रकाशित:
१४०८ दिन अगाडि
|
११ कात्तिक २०७९
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९