Above News Title

‘एक बागी’ नागरिक अगुवाको बखान

‘एक बागी’  नागरिक अगुवाको बखान

२०७२ को त्यो दिन सम्झन्छु, खगेन्द्र सङ्ग्रौला, सिकेलाल, कृष्ण खनाल, विजयलाल कर्ण, कृष्ण हाछेथु, दीपेन्द्र झा, युग पाठकलगायत विराटनगर पुगेका थियौँ । 

हामीलाई त्यहाँ बोलाउने वा पुर्याउने विराटनगरका मित्रहरू थिए। उनीहरू मध्ये दुई जना चिनेका खुसियाली सुब्बा र राकेश मिश्रको सम्झन चाहान्छु । अरू अरु मित्रहरू त्यतिखेर नै नचिनेको र अहिले पनि। कार्यक्रमको मकसद थियो नेपालको संविधान, २०७२ जारी भयो, त्यस पछिको अवस्थाको बारेमा विमर्श गर्नु।

एकदिवसीय कार्यक्रम सम्पन्न भई फर्कँदा खगेन्द्र संग्रौला दाइले भन्नु भयो, आजकल नितान्त एक्लो भएको महसुस हुन्छ । अरु त अरू मोर्निङ्वाक हिँडने मेरो साथीले पनि छोडे। म बाटाको वारि पट्टि हिँड्छु, पारिपट्टिकाले धारे हात लाएर मेरो कुरो काट्दै, सराप्दै हिँडछन्। के भएको यो, माबुहाङ सर ? म पञ्चहरूको जगजगीमा पनि यति एक्लो कहिले भएको अनुभव गरिनँ।

खगेन्द्र संङ्ग्रौला जस्तो निस्वार्थी, देश र जनताको बोली बोल्नु सिवाय उसको भन्नू अरु केही थिएन र छैन। उनले भनेको कुरा के थियो भने भूईँ मुन्छे जनजाति, मधेसी, दलित, महिला, संविधानमा आँटेनन्। उनीहरूलाई बाहिर पारेर जारी गरेको संविधानको के अर्थ ? उनको अपराध जन्यबोली त्यही थियो र अहिले पनि छ।

अर्थात् ०७२ को संविधानमा तत् तत् समूहले हारेको थियो, खसआर्य समुदायले जितेको भाष्य चौतर्फी बनेको थियो। खगेन्द्र दाईको कुरा सुनेर मनमा माया पनि लाग्यो। मानौ दाइलाई मर्निङ वाकमा साथी  दिन पाए हुन्थ्यो तर उनी बस्ने चाबहिलमा, म कीर्तिपुरमा। युग पाठकसित कुरो भएको पनि हो, दाइसित अलिक बाक्लो भेटघाट गरौँ न पनि भने। तर जुरेन। 

दाइलाई त्यो बेला मैले भनेको बिर्सेको छुइन, ‘दाइ यो कथित नेपाली समाज कति विद्रुप र कुरुप छ भने परिवारको कुनै सदस्य, छोराछोरीलाई नै भनौँ  कुष्ठ रोगले भेट्यो भने उसलाई एकान्त जङ्गलमा बास पारेर त्याग्ने समाज हो। त्यति कुरुप परिवार र समाज हो। तपाईंले जुन कुराको पक्षमा उभिनु भयो, उनै मान्छेहरु हुन्, जो जङ्गलमा नै बास गरून् भन्ने समाज हुन, दाइ, सँधै अवस्था त्यस्तो रहन्न।’

 कार्तिक १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानको डबली अटि नअटि भेला भएका मनुवाहरु एकसरो हेरेँ, खगेन्द्र सङ्ग्रौला दाइलाई सराप्ने मित्रहरू छन् कि भनेर । कसैलाई देखिन । उज्वल प्रसाईको एउटा ह्वाटस एपको खबर सुनेर भेला भएका मुन्छे रिटठो नबिराई गन्दा ५ सयको वरिपरि हुन पर्छ।

खगेन्द्र दाइ को हुन् ? डा सविन निङ्लेकु को बखानमा, पाको जानकार, बुढोहरू सबै मरिसकेको अवस्था, युवा नयाँ पुस्ता जन्मि नसकेका वा हुर्कि नसकेको बखत पिसाचहरूले उत्पात मचाउँछन्, त्यो देखेर तिनका विरुद्ध लेख्ने खगेन्द्र सङ्ग्रौला, मैजिकल मार्कसिस्ट हुन्। सटिक विश्लेषण लाग्यो । 

खगेन्द्र सङ्ग्रौलाबारे उज्जवल प्रसाईंले लेखेको पुस्तक ‘एक वागी’को सार्वजनिकीकरण भएको आजको दिन उदघोषक गगन थापा, कमेन्टेटर डा सबिन निङ्लेकु, डा महेश मास्के, उषा श्रेष्ठ र लेखक उज्जवल प्रसाईंको विचारहरु सुनेर दिन फलदायी रहेको अनुभव गरेँ। लेखक उज्वल प्रसाई, र खगेन्द्र संग्रौलाको जय होस् ।

प्रकाशित:

१४०६ दिन अगाडि

|

१३ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९