कैलाली जिल्लाको क्षेत्र न. ५ (ख) बाट तारानगर गाउँका भल्मन्सा गोठु चौधरी नागरिक उन्मुक्ति पार्टीबाट आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी बिगत धेरै बर्षदेखि समाजसेवामाा छन् ।
थारु–पहाडी समुदायको बिचमा राम्रो समन्वय गरी काम गरिसकेकोले दुबै समुदायको लागि आफू प्यारो भएको बताउँछन् उनी ।
उनी अहिले काँग्रेस गठबन्धनका प्रकाश देउवा, एमाले गठबन्धनका दुर्गा जोशी र स्वतन्त्रबाट क्षितिज भण्डारीसँग प्रतिस्पर्धा गर्दैछन् । उनी ३ वटै उम्मेदवारलाई कडा टक्कर दिइरहेका छन् । यो क्षेत्रमा कुल मतदाता संख्या ५३ हजार छ । जसमा १३ हजार भन्दा बढी थारु, ४ हजार भन्दा बढी रानाथारु, ८ हजार भन्दा बढी दलित र अरु अन्य जातजातिका मतदाता रहेका छन् ।
गोठु यहाँको आदिवासी रैथाने, गाउँको भलमन्सा र दुबै समुदायका लागि सहज ब्यक्ति भएकोले आफूलाई जनताले जिताउने कुरामा ढुक्क रहेको बताउँछन् । उनी भन्छन्, म उम्मेदवार मात्रै होइन, क्षेत्र न. ५ (ख) को लागि रेशमको प्रतिनिधि पनि हुँ, रेशम चौधरी अन्यायमा परेका छन्, त्यसैले उनलाई न्याय दिन पनि जनताले मलाई चुन्नेछन् ।
को हुन् गोठु ?
५५ बर्षीय गोठु धनगढी उपमहानगरपालिका–५ स्थित तारानगर गाउँका भलमन्सा हुन् । बुवा भागीराम डंगौरा र आमा बंगरी डंगौरा थारुको कोखबाट जन्मेका गोठु बहुदलीय ब्यबस्थाप्रति पहिलेदेखि नै सकारात्मक सोंच भएका ब्यक्ति हुन् ।
२०६२÷०६३ को जनआन्दोलनमा सक्रिय भएर लागेका थरुहट आन्दोलनमा त तन मन धन दिई होमिएका ब्यक्ति हुन् ।
उनी २०५५ सालमा नेपाली काँग्रेसका साधारण सदस्य लिई राजनीति सुरु गरेका थिए । समाज सेवामा क्रियाशिल भएका ब्यक्ति हुन् । २०६१ देखि २०७१ सालसम्म (१० बर्ष) आफ्नो ठाउँको सामुदायिक बनको अध्यक्ष रहिसकेका, २०७१ देखि २०७३ सम्म भलमन्सा भई गाउँ समाज चलाएका र अहिले पनि भलमन्साको जिम्मेवारी लिएका ब्यक्ति हुन् ।
के थारु, के पहाडी, सबैसँग मेलमिलाप गर्ने सरल स्वभावका गोठु अडानका पनि पक्का मानिन्छन् । उनी कुनै काम गर्नका लागि अगाडि सरे भने रोकेर नरोकिने, गरेरै छाड्ने उनको बानी रहेको गाउँलेहरु बताउँछन् ।
उनकै बिशेष जोडबल र संयोजनमा कोरोना काल अगाडि गाउँमा माघी महोत्सव संचालन भएको, पक्की डेउठन्वा बनेको कुरा गाउँलेहरु पनि स्वीकार्छन् । आफू उत्पीडित जाति त्यसमा पनि किसान परिवारबाट प्रतिनिधित्व गरिरहेकाले सबैको उत्पीडनबारे बुझ्ने, सबैलाई मिलाएर लान सक्ने उनी बताउँछन् ।
प्रकाशित:
१४०२ दिन अगाडि
|
२१ कात्तिक २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९