Above News Title

ए, धौलीका बाहरु

ए, धौलीका बाहरु

जित ट्रासन

जब ,

नेताले टालिएको भोटोलाई

खोज्दै आएर नमन गर्छन्

कुच्चिएको कालो

सिलावरको डेक्चीमा

आलु ताछ्दै भान्सामा भेट्टिन्छन्

कतै हलो जोत्दै खेतमा

कतै मकै गोड्दै बारीमा

तब,

ए, धौलीका बाहरु ,

तिमीहरू यत्ति कुरा जरुर बुझ्नु

उनीहरू हामीलाई

एक चोक नचाएर

एक छाक खुवाएर

र,

एक फाँक हँसाएर

पाँच वर्ष हामीलाई रुवाउन आएका हुन् ।

...

चाहे कोही

दार्चुलामा आएर

गुमेको जमिन फिर्ता गर्छु भनेर

कालीतिर जतिसुकै भुकोस्

चाहे कोही

ताप्लेजुङमा आएर

वृद्धभत्ता बढाउँछु भनेर

मेचीतिर जतिसुकै कराओस्

ए, धौलीका बाहरु ,

तिमीहरू यत्ति कुरा जरुर सम्झ्नु

उनीहरू हाम्रा खोरहरुमाथि

गिद्दे नजर लाउन आएका हुन्

भरे चल्लो चोर्नलाई

उनीहरू हाम्रा बालीहरुमाथि

कर्के नजर लाउन आएका हुन्

भरे अन्न खोस्नलाई ।

                 धनगढी, कैलाली

प्रकाशित:

१३९५ दिन अगाडि

|

२२ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९