मंगलबार थारू महिला समाज नेपालले थारू समुदायको महान पर्व समाचकेवा मनाएको छ । यस अवसरमा माइतीघर मण्डलामा झाँकीसहित जम्मा भई नाचगान गरिएको थियो ।
साथै, र्यालीसहित कुपण्डोल घाटको वागमती नदीमा समाचकेवा जल पारण गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
खास गरी नेपालको पूर्वी तराईमा बसोवास गर्ने थारू समुदायमा समाचकेवा धुमधामको साथ मनाउने गरिन्छ । यो उत्सव कार्तिक शुक्ल पक्षको द्वितीय तिथिबाट सुरु हुन्छ र धेरैजसो छैठीको खरना दिनबाट सुरु गर्दै कार्तिक शुक्ल पूर्णिमासम्म मनाउने गरिन्छ । तर यो कुनै अनिवार्य भने हुँदैन । द्वितीयापछि छैठी खरनाको दिनबाट पारण हुनु पर्दछ ।
यो उत्सव सबैले आ–आफ्नो रुचि फुर्सद तथा परिस्थितिअनुसार द्वितीया तिथि वा त्यस पछिको कुनै दिनवाट सुरु गर्न सक्छन् । धेरै समयसम्म खेलिने हुनाले र नजाडो नगर्मी ऋतुमा खेलिने हुनाले यसलाई शरद सुखको रुपमा पनि लिने गरिन्छ ।
द्वितीया तिथिबाट सवै महिलाहरु बडो उत्साहका साथ माटोको स्यामा वनाउन सुरु गर्दछन् । जसमा स्यामा, चुग्ला, वृन्दावन, सत्भैया, नटुवा, कुकुर, भमरालगायत अन्य मूर्तिहरु तयार गरिन्छ । मूर्ति बाँसको डालामा जतनका साथ राख्दछन् ।
यी समा बनाउनको लागि सेतो माटोमा कपास मिसाएर तयार पारिन्छ । यही माटोबाट सबै मूर्तिहरु तयार पारेर रंङ्गरोगन गरी झिलीमिली बनाइन्छ । यी मूर्ति हेर्दा ज्यादै नै मनमोहक र पौराणिक देखिने गर्दछ । झिलीमिली पारी सजाएको मूर्ति डलियामा राखी महिलाहरु टाउकोमा बोकी समाचकेवाको गीत गाँउदै मुखियाको घरमा जम्मा हुने गर्दछन् ।
यसै गरी गाउँभरि घर घरमा गएर गीत गाउने र झम्टा नाच नाच्दछन् । बालबालिका भएको घरमा आशिष दिदै गीत गाउने चलन रहेको थारू महिलाकी अध्यक्ष गीता चौधरी बताउनु हुन्छ । गीतमार्फत् चुग्लालाई गाली गर्दै प्रत्येक रात चुग्लाको जुंगा डढाउने गरिन्छ । पूर्णिमाको दिन पुरै गाउँ घुमी सकेपछि भोलिपल्ट छोरीलाई बिदाइ गरेजस्तै समा चकेवामा पालनामा राखी सख्खर, दही, चिउरा खुवाएर विदाई गरिन्छ भने चुग्लालाई भुइँमा राखेर डल्लाले हिर्काइन्छ ।
चक्रवती राजाले आफ्नो तपस्याबाट पारणगत भई चराको रुप लिएको थारू किंवदन्तीमा उल्लेख छ । भाइ बहिनीको प्रगाध प्रेमको र श्रीमान् श्रीमतीको अमर प्रेमको प्रतीकको साथै मनोञ्जनको रुपमा यस पर्वलाइ लिने गरेको प्रवक्ता तथा प्रगन्ना समाजका अध्यक्ष बुद्धसेन चौधरी बताउनु हुन्छ ।
आवेगमा आएर गरेको निर्णय पछि पछुताउने र खराब कर्म गर्नेलाई दण्ड सजाय दिने सन्देश दिएको पाइन्छ । यसको ऐतिहासिक पक्ष हेर्दा गर्भदेशको राजा भीषण भुषणको छोरीको नाम समा हो र त्यही समाको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।
राजा भीषण भुषणको एकजना भारदारले राजकुमारी समालाई असाध्यै मन पराउँथ्यो । तर समालाई भने यो कुरा स्वीकार्य थिएन । समाको सानैमा बाल विवाह भैसकेको थियो । यसैले आशिक चुग्लाले समाको विरुद्धमा राजालाई उक्साउने षड्यन्त्र रच्न थाल्यो । चुग्लाले समाको साधुसँग अवैध सम्बन्धमाथि प्रश्न खडा गर्छ । राजा भीषण भुषणले आफ्नो छोरीलाई वनबास पठाइदिन्छन् । त्यस पछि समाको भाइ आफ्नो दिदीलाई वनबासबाट फर्काउन धेरै कोशिस गर्छन् । तर समाले फर्किन मान्दिनन् ।
दिदी घर फर्किन नमानेपछि भाइ प्राण त्याग्ने घोषणा गर्छ । त्यसपछि समाले अर्को जुनीमा पनि हामी भाइबहिनीकै रुपमा जन्म लिनेछौ भनेर भाइलाइ संझाउँछिन् । पछि राजा भीषण भुषणले पनि छोरीको दोष नरहेको प्रति आफू निराश हुन्छन् र विरामी पर्छन् ।
त्यसैले यस उत्सवमा समा र चकेवाको मार्मिक गीत रहेको छ । राजकुमारी वृन्दावनमा गई तपस्या गरी सिद्धि प्राप्त गरेपछि समा चकेवाको जन्म हुन्छ । पछि समा र चकेवा राज कुमारको प्रतीकको रुपमा जीवन विताउँछन् । यही समा चकेवाको सम्झना स्वरुप माटोको आकृति बनाइन्छ ।

प्रकाशित:
१४०० दिन अगाडि
|
२३ कात्तिक २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९