नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तथा नेताहरु चढ्ने गाडीमाथि तोडफोड भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका १७ डुमलियामा रोकिराखेको गाडीमाथि बुधबार दिउँसो तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बा ११ च ५८६० नम्बरको कार तोडफोड भएको हो । पार्किङ गरी चुनावी कार्यक्रममा गएको बेला कारको सिसा फुटाइएको प्रहरीले जनाएको छ ।
सो पार्टीकी समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्दु थारु, प्रदेश सभा सदस्यका उम्मेदवार वलबहादुर साउँद, सावित्री चौधरी र थरुहट नेता लक्ष्मण थारु सो कार चढ्दै आएका थिए ।
थरुहट नेता थारुका अनुसार त्यहाँस्थित पर्ने खोला वारि गाडी पार्किङ गरि पारी आयोजना गरिएको कार्यक्रम गएको मौका छोपी अज्ञात समूहबाट गाडी तोडफोड गरिएको बताए । मतदान गर्नु पहिले नै गाडी तोडफोड गर्ने पक्षले आफ्नो हार मानसिकता प्रदर्शन गरेको नेता लक्ष्मण थारुको भनाइ छ ।
घटनाबारे नागरिक उन्मुक्ति पार्टीक लुम्विनी संयोजक कन्हैलाल चौधरीको अभिब्यक्ति छ– हामी बुद्धको शान्ति फिलोसफीमा हिंडिरहेका छौं तर याद गर शान्ति भंग गर्नेहरूलाई ठिक पार्न बुद्धले पनि कम्फु करातेको सहारा लिएका थिए ।घर, पसल, गाडी जलाई दिए, बलात्कार गरे, टिभी चोरे, टेक्टर जलाए, पसल लुटे । चुनावमा उठ्न दिएनन् । अब शान्तिपूर्ण रूपमा प्रचार प्रसारमा लागेका हाम्रा कार्यकर्ताको गाडी पनि तोडफोड गर्न थाले ।
प्रकाशित:
१४०० दिन अगाडि
|
२३ कात्तिक २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९