Above News Title

 शान्ति चौधरी किन उठिन् काठमाडौं–१ बाट ?

काठमाडौं क्षेत्र नं १ (क) क्षेत्रको जनप्रतिनिधि भएर विकासको काममा होस्टेमा हैंसे गर्न चाहन्छु
 शान्ति चौधरी किन उठिन् काठमाडौं–१ बाट ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लेखक तथा सामाजिक अभियन्ता शान्ति चौधरी ‘आमा’ ले पनि उम्मेदवारी दिएकी छन् । ६८ वटा किताब लेखेकी उनले नेपालका लागि नेपाली पार्टीबाट काठमाडौं क्षेत्र नं १ (क) मा उम्मेदवारी दिएकी हुन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै चुनाव चिह्न शंखमा मतदान गर्न आग्रह गरिन् । पत्रकार सम्मेलनमा उनले राखेको धारणा जस्ताको तस्तैः

देश २०७९ मंसिर ४ को संघीय तथा प्रदेश सभाको चुनावमा होमिएको छ । यसै क्रममा म शान्ति चौधरी ‘आमा’ नेपालका लागि नेपाली पार्टीबाट काठमाडौं क्षेत्र नं १ ९क० प्रदेश सभाको उम्मेदवारको रुपमा शंख चुनाव चिन्ह लिएर खडा भएकी छु । 

समाजसेवा तथा लेखनमा रुचि राख्ने थारू समुदायको एक संघर्षशील महिला हुँ म । हालसम्म मेरा ६८ पुस्तक प्रकाशित भएका छन् । मेरो स्थायी घर बारा जिल्ला भए पनि मेरो जन्म काठमाडौं महानगरपालिका–१, नक्साल, चारढुंगे ज्यापु टोलमा भएको हो । संभवतः काठमाडौंमा सबैभन्दा पहिले थारू समुदायको स्थायी वसोवास मेरै बाबा राधाकृष्ण चौधरीले गरेका हुन् । म काठमाडौंका नेवार साथीहरुसँग हुर्किएकी, बढेकी हुँ । 

समय क्रममा सिर्जना विकास केन्द्र संस्था खोली काठमाडौंलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य अहिले पनि गरिरहेकी छु । आफ्नो लेखनीमार्फत् समाज जागरणको काम गरेकी छु । पुरातात्विक सम्पदाको अध्ययन अनुसन्धान, नदी, ताल, खोला, पोखरीलगायत सार्वजनिक जग्गाको संरक्षण अभियानमा म लागी परेकी छु । 

देशको संघीय राजधानी काठमाडौंलाई सफासुग्घर देख्न चाहने कसको पो मनसुवा नहोला र रु मैले ‘काठमाडौं सहरलाई सफा र स्वच्छ राखौं’ पुस्तक २०४७ सालमै प्रकाशित गरेकी छु । उपत्यकाको बाघमती नदीको उद्गमस्थलदेखि अन्त्यसम्म पुस्तक अढाइ वर्ष लगाएर मैले २०६८ सालमा प्रकाशित गरेकी छु । धोवी खोला र सर्वोच्चको नजीरलगायत मेरा पुस्तक प्रकाशन हुन बाँकी छन् । यो छोटो सूचीले पनि के भन्छ भने म काठमाडौं सभ्यताको समस्याप्रति तीन दशक पहिलेदेखि जानकार छु र समस्या समाधानमा प्रयत्नरत छु भन्ने दर्शाउँछ । 

कन्या मावि, लैनचौर, काठमाडौंबाट २०३२ सालमा एसएलसी गरेकी मैले समाजसेवा र लेखनमा लाग्दा पढाइ अगाडि बढाउन सकेकी थिइनँ । तर मलाई लाग्यो, पढाइलाई उमेरले छेक्न सक्तैन । त्यसैले, एसएलसी गरेको ४२ वर्षपछि २०७४ सालमा प्लस टु ज्वाइन गरें । सरासर पास भएर हाल चक्रवर्ती हवी कानुन कलेज, बिजुली बजारमा कानुन स्नातक पाँचौ वर्षमा अध्ययनरत छु । अहिले त्यस कलेजको युवा विद्यार्थीहरुको प्रेरणाको स्रोत भएकी छु । 

मेरो बसाइँ हाल कामनपा–१०, भद्रकुमारी घले सेवा सदनस्थित देवीनगरको बृद्धाश्रममा छ । म कलेजका युवाहरुको मात्रै होइन, काठमाडौं क्षेत्र नं १ ९क० क्षेत्रका सबै जनताको प्रेरणाको स्रोत बन्न चाहन्छु । 

तात्कालीन स्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरको पालामा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौंको २०५२ सालमा मैले बोर्ड सदस्य भएर कार्य गरेकी छु । बंगलादेश, भारत, थाइल्याण्डलगायत देशमा विभिन्न तालिममा सहभागी भइ  आफूले जानेका कुरा खास गरी महिला जागरणमा लगाएकी छु । आफ्नो सिर्जनात्मक कामले मैले विभिन्न पुरस्कार तथा विभुषण पाएकी छु । 

कामनपा–१०, देवीनगर, बानेश्वरमा धोवीखोलाको सार्वजनिक अतिक्रमित जग्गामा राष्ट्रिय पार्क तथा धोवीखोला कानुनी केन्द्रको स्थापनाका लागि मेरै पहलमा म उम्मेद्वार नहुँदै २०७९ असोज ४ गते काठमाडौं महानगरपालिकामा निवेदन दर्ता भएको छ । मेयर बालेन शाहबाट यसबारे तोकआदेश समेत भैसकेको छ । धोवीखोलाको सार्वजनिक जग्गा गैरकानूनी कब्जा तथा सो जग्गामा भ्रष्टाचार विरुद्ध म आवद्ध सिर्जना विकास केन्द्र तथा चक्रवर्ती हबी कानुन कलेजका विद्यार्थीहरुको पहलमा रिट उजुरी दर्ता समेत गरिसकिएको छ । त्यस्तै, यी दुवै समूहको पहलमा दक्षिणकालीको पुरातत्विक सम्पदा जीर्णेद्वार तथा काठमाडौंको टौदह र ललितपुरको शिवकाली खोकना जोड्ने झोलुंगे पुल पनि निर्माण भएको छ । 

म आवद्ध नेपालका लागि नेपाली पार्टीका केन्द्रीय अध्यक्ष आदरणीय वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने हुनुहुन्छ । मुख्य दलहरुले महिलाहरुलाई प्रत्यक्षमा उम्मेदवारी दिन कञ्जुस्याइ गरेका छन् । नेपालका लागि नेपाली पार्टीले महिला उम्मेदवारहरुलाई प्राथमिकता दिएको छ । 

भ्रष्टाचारको अन्त्य हाम्रो पार्टीको मूल नारा रहेको छ । हामी शंखको तुमुल ध्वनि गुञ्जायमान गर्दै भ्रष्टाचारीलाई सचेत गराउन चाहन्छौं । भ्रष्टाचार गर्नु नेपाल आमाको कोखमा लात हान्नु हो । 

नेपालका लागि नेपाली पार्टीको नेतृत्वले टनकपुर सन्धिलाई अदालतको माध्यमबाट रोक्ने कार्य गरेको छ । अदालतकै माध्यमबाट महाकाली सन्धिमा नेपाललाई नदीको पानी आधा आधा गराउन त्यस्तै, अदालतकै माध्यमबाट एनसेलले नेपाल सरकारलाई ७२ अर्बको पूँजीगत लाभकर तिर्नुपर्ने फैसला पनि गराउन सफल भएको छ । एमसीसी संझौतालाई अदालतमा मुद्दा हालेर रोक्ने प्रयास गर्ने एक मात्र पार्टी पनि नेपालका लागि नेपाली पार्टी नै हो । त्यस्तै, अख्तियारले वडा सदस्यदेखि प्रधानमन्त्री सम्मलाई छानवीन गर्न पाउने अधिकार अदालतको माध्यमबाट कायम गराउन सफल भएका छौं । 

प्रतिवद्धताः

नेपालका लागि नेपाली पार्टीले विभिन्न प्रतिवद्धता गरेको छ । जस्तोः ठुला भ्रष्टाचारी र जधन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्ने । पञ्चायतकालदेखि हालसम्म लाभको पदमा रहेका सबै नेताको तथा उच्च ओहदामा रहेका भ्रष्टाचारीहरुको जनताद्वारा गठित नागरिक आयोगबाट छानवीन । भ्रष्टाचार गरेको रकम जफत गरी विभिन्न रचनात्मक कार्यमा लगाउने ।

त्यस्तै, अदालतमा लाग्ने न्यायिक सेवा निःशुल्क गर्नुका साथै सबै तहका अदालतमा आगामी २ वर्षभित्र पुराना मुद्दा फैसला गराउन पहल गर्ने । युवालाई ५० लाख सम्मको विना धितो ऋण । सुकुमवासी समस्या समाधानका लागि एकीकृत आवास तथा रोजगारको ग्यारेन्टी । राष्ट्रिय खेलाडी तथा कलाकारलाई बीमा र उपदानको व्यवस्था । फुटपाथ व्यावसायीलाई उचित व्यवस्थापन गरी निश्चित स्थानमा व्यावसाय गर्न पाउने हकका लागि पहल गर्ने ।

त्यस्तै, आर्थिक वर्ष वैशाख १ देखि चैत मसान्तसम्म कायम गरी असारे विकासको नाममा भएको विनाश बन्द गर्ने । देशको अहितमा गरिएका असमान सन्धि, संझौता र कानूनी व्यवस्थालाई खारेज गर्ने । राज्यका कुनै पनि पदाधिकारीले ५० लाखभन्दा बढी मूल्यको गाडी किन्न र चढ्न नपाउने कानुनी व्यवस्था गर्ने । निजामती कर्मचारीका सबै ट्रेड युनियन खारेज गर्ने । विश्वविद्यालय र विद्यालयमा हुने हड्ताल तथा तालावन्दीलाई कानुनी रुपले दण्डनीय बनाउने । गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने । बैंक तथा वित्तिय संस्थाको ब्याजदर घटाउने आदि । म पार्टीको यी सबै प्रस्तावमा पूर्ण प्रतिवद्ध छु ।

म काठमाडौं क्षेत्र नं १ (क) क्षेत्रको जनप्रतिनिधि भएर विकासको काममा होस्टेमा हैंसे गर्न चाहन्छु । मलाई आशा छ, शंख चुनाव चिन्हमा भोट दिएर मतदाताहरुले मलाई अत्याधिक मतले विजयी गराउने छन् । 

प्रकाशित:

१३९८ दिन अगाडि

|

२५ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९