Above News Title

मेरो मतपत्र खोइ ?

मेरो मतपत्र खोइ ?

कालीबहादुर शाही (​केबी सिम्पल)

हात हातमा मतदाता परिचयपत्र समातेर मतदान केन्द्रमा मतदाताहरू पङ्क्तिमा उभिएका थिए । महिलाहरू महिला लेखिएको र पुरुषहरू पुरुष लेखिएको डोरीको घेराभित्र ठेलमठेल भएर पाइला सार्दै थिए । 

सेतो लट्ठीको भरोसामा महिलाको पङ्क्तिमा उभिएकी फागुनी घुइँचोमा लड्न थालेपछि आफ्नो नजिककी वृद्धा महिलालाई  भनिन्–“हेर्नुस् त, हामी आँखा नदेख्ने, वैशाखी टेक्ने, बहिरा र अन्य अपाङग्ता भएका साथीहरूका लागि छुट्टै पङ्क्ति हुनुपर्ने होइन र ?”

वृद्धा महिलाले फागुनीको पाखुरा समात्दै भनिन्–“चुनाव गराउन आएका मानिसले व्यवस्था गर्नुपर्ने हो । खै त ?” महिलाहरूको लाइनमा चलेको छलफल ओल्लो घरको नरे पल्लो घरमा सरे भने झैं भयो । पुरुषहरू पनि छलफलमा सहभागी भए ।

मनवीरले फागुनीको कुराको समर्थनमा बोल्यो–“हो हो हामी अपाङ्गता भएकाहरूलाई फरक लाइनको व्यवस्था गरिनु पर्थ्यो । तब पो हामीलाई सहज हुन्थ्यो । हामी फरक फरक अशक्तताका मानिसहरू हौ ।”

महिला र पुरुषको लाइनमा करिब १५, २० मिनेट चर्को छलफल चलिरह्यो । यसले मतदान गर्ने काममा समेत बाधा भयो । कर्मचारी र मतदाताहरूबिच लाइन व्यवस्थापनमा छलफल चर्को रूपमा चलिरहेको दृश्य र सबैका अनुहारको अवस्थाको दृश्यमा देखेपछि बञ्जिर  (बहिरो)ले कुरा राख्यो । साङ्केतिक भाषामा बोल्यो र कागजमा लेखेर देखायो–“हामी अपाङ्गताको सम्मान र कदर गर्नुपर्छ । आफ्नो जिम्मेवारी र कामलाई सफल पार्नु मानवीय कर्तव्य हो र पदीय दायित्व हो ।”

बज्जिर, फागुनी र मनवीरका कुरा सुनेपछि निर्वाचनका कर्मचारी, उम्मेदवार, एजेन्ट र मतदाताहरूले आपाङ्गहरूको प्रस्तावलाई मनन गरे र तुरुन्त अर्को लाइनको व्यवस्था गरे ।

अपाङ्गता भएकाहरू सबै छुट्टै लाइनमा बसेपछि आफ्नो रहर, उत्सुकता र अधिकार प्रयोग गर्न पाउनेमा खुसी थिए । उता उम्मेदवार र एजेन्टहरू आफ्नो राजनीतिक दल र आफूलाई मतदान गर्ने भए भनेर खुसी नै देखिन्थे ।

१५र२० मिनेट रोकिएको मतदान कार्य फेरि सञ्चालन भयो । कर्मचारीले बूढीऔंलामा नीलो मसी लगाउँदै मतपत्र हात दिदै स्वस्तिक छाप भएको गोप्य कोठामा पठाउँदै गरेका थिए । उनीहरू मन परेको दल र उम्मेदवारको चुनाव चिन्हमा छाप लगाएर मतपेटिकाभित्र खसाल्ने प्रक्रिया चलिरह्यो । बाहिर लेखिएको ठाउँबाट मतदाताहरू बाहिर निस्कन्थे ।

मतदान गर्ने पालोअनुसार बज्जिर र मनवीर लगायतले मतदान गरे । कर्मचारीले बोलाए–“फागुनी आउनुहोस् ।” 

रहर र उत्सुकताले उकुसमकुस भएकी फागुनी सेतो लठ्ठीको भरोसामा बाटो खोज्दै नाम बोलाएको ठाउँमा पुगिन् । कर्मचारीले मतपत्र दिए । मतपत्र समातेर फागुनीले सोधिन्–“अब म कता जाऊँ ?” 

मतदान अधिकृतले सहयोग गर्दै भने–“यता गोप्य कोठा छ । त्यहाँ स्वस्तिक छाप छ । स्ट्याम्प प्याडमा स्वस्तिक चोपेर तपाईंले इच्छाएको चिन्हमा छाप लगाउनुहोस र पट्टाएर मतपेटिकामा खसाल्नु होस् है त ।” 

फागुनीले जवाफमा भनिन्–“हुन्छ सर ।”

फागुनी मतपत्र समातेर अधिकृत सरले भनेको गोप्य कोठामा प्रवेश गरिन् । आफूलाई मन परेको दल र उम्मेदवारको चुनाव चिन्ह मतपत्रको चौकिल्लाभित्र कुनाकाप्चा सबै भू–भाग छामछुम गरिन् । अँह १ कतै पनि भेटिन्न । 

अनि गुनासो साथ आफ्नो रहर र उत्सुकता अधुरो नै रहने भयो भनेर चिच्याइन्–“निर्वाचन अधिकृतज्यू,  उम्मेदवार र एजेन्टज्यू,  मैले पढेको र जानेको ब्रेल लिपीबाट बनेको मतपत्र छैन त ? मेरो अधिकारको कदर यही हो ? मेरो लागि मतपत्र खोइ ?”   

प्रकाशित:

१३९२ दिन अगाडि

|

२६ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९