गोकुल जोशी
प्रतिनिधि सभा कैलाली क्षेत्र नं ३ मा जनयुद्धका दुई सहयात्री आपसी प्रतिस्पर्धामा छन्। सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमार चौधरी ९कुन्दन० कैलाली ३ मा उम्मेदवार छन्। उनीसँग निवर्तमान सांसद गौरीशंकर चौधरी नेकपा एमालेका तर्फबाट स्पर्धा गर्दैछन्। गौरीशंकर पनि यसअघि नेकपा माओवादी केन्द्रमै थिए।
यी दुई पूर्वसहयोद्धा सामु नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले चुनौती पेस गरेका छन्। यसपटकको चुनावमा उनीहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
यसबाहेक कैलाली–३ मा राप्रपाका वीरेन्द्रबहादुर बम, नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल र नेकपा मालेका परेकबहादुर रावल उम्मेदवार छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार नवीनकुमार बोहरा र रमेश आचार्य पनि प्रतिनिधि सभाको दौडमा छन्। कैलाली क्षेत्र नं ३ मा थारु समुदायको बाहुल्यता छ।
विगतमा माओवादीमा सक्रिय नेताद्वय गौरीशंकर र कृष्णकुमार विगतमा पाएको मत सुरक्षित गर्दै जितको खोजीमा छन्।
‘गठबन्धनको पूर्ण मत पाए कृष्णकुमारको जित निश्चित छ, तर यो सम्भावना कम छ,’ कैलाली–३ को चुनावलाई नजिकबाट हेरिरहेका एक नेताले भने, ‘गौरीशंकर विगतमा माओवादीमा हुनाले माओवादीको मत काट्न सक्छन्, दुवैको भोट बैंक थारु समुदाय नै हो।’
ती नेताका अनुसार दुवै नेतालाई विगतमा अवसर दिँदा काम गर्न नसकेको गुनासो पनि छ। यस्तो अवस्थामा थारु समुदायकै प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टीका गंगारामले पनि उल्लेख्य मत ल्याउने आकलन गरिएको छ।
गौरीशंकरलाई चुनौती
नेकपा एमालेबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका गौरीशंकर चौधरीलाई विरासत जोगाउने चुनौती छ।
०७४ को चुनावमा एमालेको समर्थनमा माओवादीबाट चुनाव जितेका उनको संसद् यात्रा कस्तो होलारु चासोका साथ हेरिएको छ।
गौरीशंकर ह्याट्रिकको दाउमा छन्। ०७० सालको चुनावमा उनी साविक क्षेत्र नं ४ मा विजयी भएका थिए।
उनले ०७४ मा कांग्रेस नेता रामजनम चौधरीको जितको शृंखला तोडेका थिए। रामजनम ०४८, ०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिस भा सदस्यमा निर्वाचित भएका थिए।
०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले सानदार जित हात पारे। ०६४ सालमा भने चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट उनी सभासदमा चुनिए।
०७० सालमा दोस्रो संविधान सभाको चुनावमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट उनले चुनाव जिते।
भूमिसुधार र स्वास्थ्य गरी दुई पटक मन्त्रीसहित लामो समय सत्ताभोगको अवसर पाएका रामजनमको संसद् यात्रामा ०७४ मा गौरीशंकरले पूर्णविराम लगाएका थिए।
त्यसबेला गौरीशंकर चौधरीले २४ हजार ८७९ मत ल्याएका थिए भने रामजनमले २० हजार ४९४ मत ल्याएका थिए।
तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गौरीशंकरले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले। तत्कालीन नेकपा खारेजीपछि उनी एमालेमा समाहित भएका थिए।
‘विगत पाँच वर्षमा कृषिमा थुप्रै काम भएका छन्, किसानले मलको अभाव झेल्नु परेन, प्रधानमन्त्री कृषि परियोजना सुरु भयो, किसानले आफ्नो उत्पादनको मूल्य पाए,’ एमाले क्षेत्र ३ का एक नेताले भने, ‘यहाँका नदीहरूमा पुल बनेका छन्, बाटोहरू पिच भएका छन्, त्यसैले फेरि जनताले गौरीशंकरलाई चाहेका छन्।’
कमब्याकको दाउमा कृष्णकुमार
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार चौधरी १५ वर्षपछि संसद् पस्ने दाउका साथ चुनावमा होमिएका छन्।
कृष्णकुमार ०६४ सालमा तत्कालीन कैलाली क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए। ०७० सालमा पनि उनले माओवादी केन्द्रबाट टिकट पाउने चर्चा थियो। अन्तिममा गौरीशंकरले टिकट पाएर चुनाव पनि जिते।
कृष्णकुमार ०४७ सालदेखि राजनीतिमा सक्रिय भएका हुन। एमाले निकट अनेरास्ववियु पाँचौँको साधारण सदस्यका रुपमा उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।
उनी नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धमा पनि उनी संलग्न भए। माओवादी शान्ति प्रक्रियामा गएसँगै उनले ०६४ को पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसका नारायणदत्त मिश्रलाई उछिन्दै संसद् यात्रा तय गरेका थिए।
०७२ असोज ४ गते माओवादीबाट विद्रोह गरी वैकल्पिक शक्ति निर्माण गर्न भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ दल गठन गरेपछि उनी त्यतै सामेल भएका थिए।
नयाँ शक्तिबाटै ०७४ को निर्वाचनमा कैलाली ३ ९२० मा चुनाव लडे। तर, सफल हुन सकेनन्। उनी नयाँ शक्ति, जसपा हुँदै फेरि माओवादी केन्द्रमै फर्किएका थिए।
गौरीशंकरले जितेर गएपछि आफ्नो क्षेत्रका लागि काम गर्न नसकेकोले विकासका लागि कृष्णकुमारले जित्ने गठबन्धनका नेताहरुको दाबी छ।
‘यो क्षेत्रमा गठबन्धन बलियो छ, गठबन्धनमा त्यस्तो समस्या छैन,’ सत्तारुढ गठबन्धनका एक नेताले भने, ‘प्रतिनिधि र प्रदेश सभामा वाम लोकतान्त्रिक गठबन्धनले चुनाव सहजै जित्छ।’
नागरिक उन्मुक्तिको दाउ
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीलाई पनि मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ। स्थानीय तह निर्वाचनमा कैलालीमा नागरिक उन्मुक्ति पार्टीले बलियो उपस्थिति देखाएकाले संसदीय चुनावमा पनि नागरिक उन्मुक्तिको प्रभाव रहने आकलन गरिएको छ।
चौधरी ०७४ को निर्वाचनअघि कांग्रेसमा आवद्ध थिए। ०७४ को निर्वाचनमा तत्कालीन राजपामा प्रवेश गरेका थिए।
गंगाराम अहिले रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन्।
स्थानीय तह निर्वाचनमा कैलालीमा नागरिक उन्मुक्ति पार्टीले राम्रो नतिजा ल्याएकोले संसदीय चुनावको नतिजा पनि आफ्नो पोल्टामा पर्ने उनको दाबी छ।
‘हामी न्यायको लागि चुनावमा होमिएका छौँ, जनताले राम्रोसँग बुझेका छन्,’ उनी भन्छन्, ‘राज्यले न्याय नगरे पनि आमजनताले न्याय गर्नेमा विश्वस्त छौँ।’
कस्तो छ अंकगणित ?
यो क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकाको वडा नं। १, २, ३, ४, ५, ७ र ८ पर्छन्। स्थानीय तहको मतपरिणाम अनुसार सत्तारुढ गठबन्धन बलियो देखिन्छ।
स्थानीय तह निर्वाचनमा कैलारीमा कांग्रेस, भजनीमा नागरिक उन्मुक्ति र घोडाघोडीमा एकीकृत समाजवादीले मेयर जितेको छ।
कुल २६ वटा वडामध्ये कांग्रेसले १९, माओवादी केन्द्र ३, नेकपा एमाले २ र नागरिक उन्मुक्तिले २ वडा जितेको छ। नेपालखबरबाट
प्रकाशित:
१३९७ दिन अगाडि
|
२६ कात्तिक २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९