Above News Title

मधुमेहको नियन्त्रण कसरी ?

औषधि खाइरहेका बिरामीमध्ये केवल एक तिहाइमा मात्र खोजेजस्तो नियन्त्रण हुनु भनेको चिन्ताको विषय
मधुमेहको नियन्त्रण कसरी ?

किरण आचार्य

संसारभरि नोभेम्बर १४ लाई मधुमेह दिवसका रूपमा मनाउने गरिएको छ । विश्वभरि यसरी मधुमेह दिवस मनाइरहँदा नेपालमा यस रोगको नियन्त्रणका लागि भएका तयारी र अवस्थाबारे खासै चर्चा भएको छैन । यसको उपचार र नियन्त्रणमा देखिएको अत्यन्तै डरलाग्दो अवस्थाबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । 

रोगबारे जानकारी स् विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वव्यापी रूपमा मधुमेहका करिब ५० प्रतिशत बिरामीलाई आफूलाई यो रोग लागेको छ भन्ने थाहा हुन्न । नेपालमा भने ८०–९० प्रतिशत बिरामीलाई यसबारे जानकारी रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । तुलनात्मक रूपमा यो संख्या राम्रो देखिए पनि सन्तोषजनक भने होइन । मधुमेह लागेका हरेक बिरामीलाई आफूलाई यो रोग लागेको जानकारी हुनु अत्यावश्यक छ ।

उपचार 
 नेपालमा आफूलाई मधुमेह लागेको जानकारी पाएका सबैले यसको उपचार गर्न स्वास्थ्यकर्मीको सल्लाह लिने र नियमित औषधि खाने गरेको पाइन्न । नेपाल हेल्थ रिसर्च काउन्सिलले गरेको एउटा अध्ययनमा एकचौथाइ बिरामीले औषधि आफैं छाड्ने गरेको पाइयो । यस पंक्तिकार लगायतले गरेको अर्को अध्ययनमा १०० जनामध्ये ७४ जनाले नियमित औषधि खाएको भेटियो । यसका तुलनामा विकसित देशहरूमा मधुमेहका बिरामीले नियमित औषधि सेवन गर्ने मात्रा धेरै बढी पाइएको छ । नेपालमा यसरी बीचमै औषधि छाड्ने वा नियमित नखाने गर्नुका प्रमुख कारणहरूमा डाक्टरसँग नियमित परामर्शको अभाव, औषधिप्रतिको गलत भ्रम, इन्सुलिन लिनुपर्ने बिरामीहरूले त्यसप्रति डर, औषधिमा हुने खर्च नै रहेको पाइयो ।

नियन्त्रण 
नेपालमा मधुमेह उपचारमा सबैभन्दा डरलाग्दो अवस्था यसको नियन्त्रणमा देखिएको छ । नियमित औषधि नखानेहरूको अवस्थाको त कुरै छाडौं, नियमित औषधि खाइरहेका बिरामीहरूमध्ये पनि रगतमा सुगरको मात्रा धेरै कम बिरामीहरूमा मात्र खोजेजस्तो नियन्त्रित भेटियो । हाम्रो अध्ययनमा औषधि सेवन गरिरहेकामध्ये केवल ३४ प्रतिशतमा यो पूर्ण नियन्त्रणमा रहेको पाइयो । युरोपमा ७० प्रतिशतभन्दा बढी, अमेरिकामा ५० प्रतिशतभन्दा बढी र चीनमा ४५ प्रतिशत बिरामीमा यो रोग पूर्ण नियन्त्रणमा रहेको पाइएको छ ।

औषधि खाइरहेका बिरामीमध्ये केवल एक तिहाइमा मात्र खोजेजस्तो नियन्त्रण हुनु भनेको अत्यन्त चासो र चिन्ताको विषय हो । यस रोगको नियन्त्रणमा भएको सरकारी, स्थानीय निकाय र जनताको व्यक्तिगत मिहिनेत, खर्च र अन्य लगानीको प्रतिफल उत्साहजनक देखिएन । मधुमेहका घातक असरहरू कम गर्न गरिएका उपायहरू अधुरा देखिए । विकसित देशहरूमा उच्चस्तरको स्वास्थ्य प्रणाली, औषधिको सर्वसुलभता र स्तरीयता मापन, बिरामीहरूको शिक्षाको स्तर, राष्ट्रले दिने सुविधा, इन्सुलिनप्रतिको सकारात्मक सोच र राष्ट्रहरूले स्वास्थ्यलाई दिएको प्राथमिकता नै सहज नियन्त्रणका प्रमुख कारक देखिए ।

विकसित देशमा जस्तो स्वास्थ्य प्रणाली नेपालमा विकास गर्न नसकिए पनि हाल भइरहेको प्रणालीले मधुमेहजस्तो घातक नसर्ने रोगको राम्रो नियन्त्रण गर्न नसक्ने प्रस्ट भएको छ । भएका स्वास्थ्य संस्थाको स्तर उकास्ने, स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउने, जनतामा चेतना उकास्न आवश्यक कदम चाल्ने, सबै स्थानीय निकायले मधुमेह स्क्रिनिङ गरेर बिरामी पत्ता लगाउने, सबै बिरामीले नियमित डाक्टरको सल्लाह बमोजिम औषधि थपघट वा परिवर्तन गर्ने र आवश्यक परे इन्सुलिन लिन गाह्रो नमान्ने, रगत जाँच नियमित गर्ने, खानपान र व्यायाममा ध्यान दिने गर्नु जरुरी छ ।

यो तथ्यप्रति बेलैमा सबै जना सचेत रहेर आवश्यक कदम नउठाए एकातिर बिरामीको संख्या बढ्दै जाने र अर्कातिर औषधि गरेका बिरामीको पनि राम्रो नियन्त्रण नरहने देखिएको छ । यसबारे सम्बन्धित निकाय र स्वयं बिरामी अत्यन्त संवेदनशील हुनु आवश्यक छ । कान्तिपुरबाट

आचार्य मधुमेह रोग विशेषज्ञ हुन् ।

प्रकाशित:

१३९० दिन अगाडि

|

२८ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९