छविलाल कोपिला
छिमेकीले त आफ्फ्नो भन्छ, हाम्रो कालापानी किन ?
हाम्रो भूगोल, हाम्रो भूमि हाम्रै हो, आनाकानी किन ?
सत्ता बाहिर हुँदासम्म भुक्नेहरू सत्ताभित्र मौन छन्
बुझ्ने कुरा बुझिसकियो लुकाउँछौ जानाजानी किन ?
१
भाडामा समाचार बन्छ र भाडामै अखबार चल्छ
भए धेरै दलालहरु र त दलालहरुकै बिचार चल्छ
देश लुट्नु लुटाउनु, नियत या नियति बुझ्नै गाह्रो
शालीन भाषण गरेर नै, भ्रष्टहरुको सरकार चल्छ ।
२
आगो बालेर आरनमा खारिनेछन् हतियारहरु
मन्थन गर्रौ खुलेर आउँछ ती मीठा विचारहरु
शीश–महलमा बसेर, न गर उचाइ चढ्ने कुरा
बरु आऊ हिँडौं, भेटिन्छ लक्ष्य तरेर जंघारहरु ।
३
देशको बेथिति र खराबीहरूका बिरुद्ध हुनुपर्छ क्रान्ति
लुटेरा, भ्रष्ट र अपराधीहरूका बिरुद्ध हुनुपर्छ क्रान्ति
अब सुम्सुम्याएर हुँदैन, हामी खप्परमाथि प्रहार गर्नुपर्छ
तिनै फटाहा, दलाल, पापीहरूका बिरुद्ध हुनुपर्छ क्रान्ति ।
४
घोडा बन्नुस्, हात्ती बन्नुस्, इमान कमिलो भइदियो भने
दुनियाँले पत्याउनै छोड्छ विश्वास धमिलो भइदियो भने
व्यवहार बोली, वचन राम्रो गर्नुहोस् सबैले सम्मान गर्छन्
नत्र, आफन्त नै भुलिदिन्छन्, मन अमिलो भइदियो भने ।
५
किसान हजुरको होइनन् है, मनलागि गाली गर्नुस्
असक्षम नै हौ पुरापुर, अब त मैदान खाली गर्नुस्
छिमेकीको आशिर्वाद या जालझेलले टिक्छ भने
उठाउनुस् आसेपासेहरू, अझै हालीमुहाली गर्नुस् ।
६
झगडाको बीउ रोप्नु छ भने, मस्जिद अगाडि देवी राखिदिनुस्
मन्दिर अगाडि गाईको मासु, छिमेकीकोमा रक्सी राखिदिनुस्
सलाई भन्दा पनि प्रज्ज्वलनशील हुन्छ, सद्भावको इन्धन पनि
न पत्याए घर छेउकै छिमेकी–छिमेकी बीच चुक्ली राखिदिनुस् ।
७
उहीँ उपिया, उही उडुस, उही किर्नाहरू डसेका छन्
देश जलाउने बाँदरहरूले आफै खरानी घसेका छन्
हेर्नुस्, होसियार रहनू होला भ्रमित आश्वासन बोकेर
फेरि पनि, तिनै स्याल, हुइया गाउँ गाउँ पसेका छन् ।
८
प्रकाशित:
१३८८ दिन अगाडि
|
३० कात्तिक २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९