Above News Title

कैलाली– १ मा रामजनम र तपेन्द्रको ढुकढुकी बढाएको ‘ढकिया’

कैलाली– १ मा रामजनम र तपेन्द्रको ढुकढुकी बढाएको ‘ढकिया’

लोकेन्द्र भट्ट 

सुदूर तराईको कैलालीमा ०७४ को आम चुनावदेखि राजनीतिक चित्र बदलिएको छ । परम्परागत प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको चुनावी भिडन्तमा थारु सेन्टिमेन्ट पसेपछि चुनाव रोचक बनेको हो ।

२०१५ सालको आम निर्वाचनमा साबिकको कैलाली–कञ्चनपुर ९क्षेत्र नम्बर ६५० बाट कांग्रेसका लोकेन्द्रबहादुर शाह विजयी भएका थिए । यस्तै, ०४८ मा कैलाली–१ बाट कांग्रेसका गंगाबहादुर कुँवर, ०५१ मा एमालेका हिमाञ्चलराज भट्टराई, ०५६ मा कांग्रेसका  सुशीला कुँवर ०६४ मा माओवादीका रुपा सोसी चौधरी, ७० मा तत्कालीन मधेसी जनअधिकार फोमका जनक चौधरी र ०७४ मा राजपाका रेशम चौधरी निर्वाचित भएका थिए ।

२०७२ सालको टीकापुर घटनापछि कैलाली–१ को राजनीतिमा थारु सेन्टिमेन्ट हाबी हुँदा रेशम चौधरी भारी विजयी भए । भूमिगत अवस्थामै तत्कालीन राजपाबाट रेशमले कांग्रेस र एमाले उम्मेदवारलाई दोब्बर मतले हराए ।

अहिले थरुहट आन्दोलनका क्रममा नौ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशमले आफ्नी पत्नी रञ्जिताको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेर कैलाली–१ मा बर्चश्व जमाएको अवस्था छ ।

गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका ४ वटा पालिका जितेर जिल्लामा पहिलो बनेको छ । नागरिक उन्मुक्तिले टीकापुर  र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका जितेको छ ।

टीकापुर नगरपालिकाका ९ वटै वडा, भजनी नगरपालिकाका २ वडा, जानकी गाउँपालिकाका ५ वडा र जोशीपुर गाउँपालिकाका ७ गरी २३ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । एक लाख ६ हजार ७ सय ३ मतदाता रहेको कैलाली–१ मा प्रतिनिधिसभातर्फ ११ चुनावी मैदानमा छन् ।

स्थानीय तह निर्वाचनमा टीकापुरमा उपमेयरबाहेक यी सबै पालिकाको प्रमुख र उपप्रमुख नागरिक उन्मुक्तिले जितेको थियो । कैलाली–१ लागि सबैभन्दा सुरक्षित ठानेर रेशमले पत्नी रञ्जितालाई चुनावी मैदानमा उतारेका छन् ।

रञ्जितासँगको प्रतिस्पर्धामा कांग्रेसले पूर्वमन्त्री रामजनम चौधरी र एमालेले टीकापुरका पूर्व मेयर तपेन्द्र रावललाई उम्मेदवार बनाएको छ । रामजनमलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा राष्ट्रिय जनमोर्चाको साथ छ भने तपेन्द्रलाई जसपाले समर्थन गरेको छ ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार चौधरी यसअघि तत्कालीन कैलालीको–३ बाट ०४८, ०५१, ०५६ र ०७० मा निर्वाचित भएका थिए । गठबन्धनको सहमतिअनुसार क्षेत्र नम्बर ३ माओवादीको भागमा परेपछि चौधरीले क्षेत्र नम्बर १ रोजेका हुन् । थारु र अछामबाट कैलाली झरेकाहरुको बाक्लो बसोबास रहेको यो क्षेत्रमा रामजनमको पनि बलियो प्रभाव छ ।

थारु मत रञ्जिता र रामजनमबीच तानातान हुँदा पहाडी मत बटुल्ने तपेन्द्रको रणनीति छ । रञ्जिता, रामजनम र तपेन्द्र तीनै जनाले टीकापुर घटनालाई मुख्य चुनावी मुद्दा बनाएको पाइन्छ । एमालेका उम्मेदवार तपेन्द्र रावलले पनि यसै घटनालाई चुनावी एजेन्डा बनाएका छन् ।

यो मुद्दाले चुनाव जित्नेमा रञ्जिता श्रेष्ठ चौधरी ढुक्क छिन् । ०७४ मा आफ्नै आह्वानमा रेशमले चुनाव जितेको रञ्जिताको दाबी छ । ‘हिजोको दिनमा रेशमजीले उम्मेदवारी दिँदै गर्दा पनि म आफै जनतामाझ मैदानमा थिएँ,’ उनी भन्छिन्, ‘हिजो पनि मेरै आह्वानलाई स्वीकारेर उहाँहरूले रेशमजीलाई जिताउनुभएको हो । म ढुक्क छु कि मैले जित्नेछु ।’

२०७२ सालमा भएको टीकापुर घटना आपराधिक नभई राजनीतिक घटना भएको उनको दाबी छ । ‘०७२ सालको घटना भइसके पश्चात मानवअधिकार आयोगले प्रतिवेदन निकालेको छ, त्यो अहिलेसम्म सार्वजनिक भएको छैन,’ उनले भनिन् ।

नागरिक उन्मुक्ति पार्टीले जितेर संसदमा गइसकेपछि यो विषयमा पनि आवाज उठाउने उनको भनाइ छ । यता गठबन्धनका साझा उम्मेदवार रामजनम गठबन्धनले जितेमात्रै टीकापुरका मुद्दाले निकास पाउने बताउँछन् । ‘क्षेत्र नम्बर १ को विकास, टीकापुर घटनाको निकास’ भन्ने रामजनमको मुख्य नारा छ ।

उनले टीकापुर घटना जटिल भएको भन्दै यसको निकासका लागि बहुमतीय सरकारको आवश्यक रहेको बताए । उनले भने, ‘टीकापुर घटनाको निकास दिनका लागि बहुमतीय सरकार नबनेसम्म सम्भव छैन । त्यसका लागि मैले जित्नुपर्छ ।’

रञ्जितासँग टीकापुर घटनाको निकास दिने ल्याकत नभएको रामजनमले बताए । ‘उहाँहरुले स्थानीय तह निर्वाचनमा तपाईको छोरो, भतिजो जेलमा छ भनेर भोट माग्नुभयो । ठीक छ, साथीहरु जेलमा छन्, उनीहरुको मुद्दाको सुरक्षित अवतरणको निकास के हो रु,’ रामजनमको प्रश्न छ, ‘त्यो कुरा भन्नु हुन्न । उहाँहरुसँग टीकापुर घटनालाई निकास दिने ल्याकत छैन ।’

स्थानीय निर्वाचनमा पाएको मत परिणामले नागरिक उन्मुक्तिका नेता–कार्यकतामा घमण्ड र रवाफ देखिएको उनको भनाइ छ । ‘सांसद जितेपछि त झन् के हुन्छ ? पछिल्लो घटनाक्रमले उहाँहरुको ग्राफ निरन्तर खस्किरहेको छ । हाम्रो ग्राफ माथि गइरहेको छ,’ रामजनम भन्छन् ।

टीकापुर मुद्दाको निकास र विकासका लागि गठबन्धनले जित्नुको विकल्प नभएको रामजनमको भनाइ छ । यस्तै एमालेका तपेन्द्रले पनि स्थानीय चुनावमा देखिएको नागरिक उन्मुक्ति पार्टीप्रतिको आकर्षणमा परिवर्तन आइसकेको दाबी गरे । ‘विगतमा यो क्षेत्रमा उन्मुक्ति पार्टीको ३४ हजार मत थियो । अहिले स्थानीय तहको मतपरिणामअनुसार १७ हजारमा झरेको छ, यो वितृष्णाको पहिलो कारण हो,’ उनले भने । तर स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन अगाडि देखिन्छ ।

वडाध्यक्षका उम्मेदवारको मतनुसार नागरिक उन्मुक्तिले १७ हजार १९३, कांग्रेसले ११ हजार ६४२, एमालेले १० हजार ३३२, माओवादीले ६ हजार ९५७, राप्रपाले चार हजार ६ र समाजवादीले दुई हजार २३२ मत पाएका थिए । यस आधारमा रामजनम ३ हजार ६३८ मतले अगाडि भए पनि नागरिक रुझान कतातिर लाग्छ, भन्न सकिने अवस्था छैन ।

थारु सेन्टिमेन्टबाट जन्मिएको नागरिक उन्मुक्तिमा अहिले प्रमुख पदमा पहाडी समुदायका नेता छन् । पार्टीको पदाधिकारी थारुविहीन भएपछि नागरिक उन्मुक्तिभित्र चुनावको मुखमा चर्को किचलो देखिन्छ । नेताहरु लक्ष्मण थारु, सुरेन्द्र चौधरी लगायतलाई चुनाव लगत्तै कारबाही गर्ने रेशमको तयारीले नागरिक उन्मुक्ति तरंगित छ ।

कैलाली–१ मा पत्नी रञ्जिता र बर्दिया–२ मा बाबु लालवीरलाई उम्मेदवार बनाएपछि रेशममाथि परिवारवादको आरोप लागेको छ । यो आरोपलाई प्रतिवाद गर्न नसकेर रञ्जिता मिडियामा आउन छाडेकी छिन् । नागरिक उन्मुक्तिमा आन्तरिक किचलो भए पनि थारु बस्तीमा ‘ढकिया’को रवाफ देखिन्छ । यसले रामजनम र तपेन्द्रको ढुकढुकी बढाएको बुझ्न गाह्रो छैन ।

रामजनमाथि नागरिकको गुनासो पनि चर्को छ । पटक–पटक अवसर पाउँदा पनि कैलालीका लागि केही गर्न नसकेको उनीमाथि आरोप छ । तर कांग्रेस र माओवादीको गठबन्धन भने रामजनमले कसिलो बनाएको पाइयो ।

टीकापुरका मेयर हुँदा तपेन्द्रले पनि राम्रो काम गर्न नसकेको मतदातामा गुनासो छ । सत्ता गठबन्धन, नागरिक उन्मुक्तिको बेग र पार्टी विभाजनको मनोविज्ञान चिर्नुपर्ने तपेन्द्रमाथि चुनौती छ ।

प्रदेशसभातर्फ १९ जनामा पनि कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच नै उच्च प्रतिस्पर्धा हुने देखिन्छ । प्रदेशसभा ९क० मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका दीर्घराज बिनाडी, एमाले–जसपा गठबन्धनबाट जसपाका भगतराम चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट कैलाली अध्यक्ष कैलाश चौधरीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश सभा (ख) मा सत्ता गठबन्धनबाट कांग्रेसका नेता एवम् सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री डा। रणबहादुर रावल, एमालेका द्वारिका न्यौपाने र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीबीच मुख्य भिडन्त हुनेछ । प्रदेशतर्फ पनि कांग्रेस, एमाले, माओवादी र जसपाका उम्मेदवारले मुख्य चुनौती ‘ढकिया’लाई नै मानेको देखिन्छ । रातोपाटीबाट

प्रकाशित:

१३९२ दिन अगाडि

|

१ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९