दाङ जिल्लाको देउखुरी क्षेत्र अन्तर्गत १ नम्बर क्षेत्र जुनसुकै संसदीय चुनावमा चर्चाको शिखरमा रहन्छ ।
अहिलेको चुनावी चर्चा अघि देउखुरी क्षेत्रको संसदीय राजनीतिको विगत कोट्याउँदा उपर्युक्त होला ।
२०१५ सालको चुनावमा नेपाली काँग्रेसबाट परशुनारायण चौधरीले संसदीय चुनाव जितेर वीपी मन्त्रीमण्डलमा शिक्षा मन्त्री भएपछि देउखुरी क्षेत्र राजनीतिको केन्द्रविन्दुमा सदैब रह्यो ।
पछि परशुनारायणले नेपाली काँग्रेस परित्याग गरी पञ्चायत प्रवेश गरेपछि राष्ट्रिय पञ्चायत सदस्यको चुनाव उनैले जिते । अनि, लगातार मन्त्री भैरहे ।
छयालीसको आन्दोलनपछि बहुदलीय व्यवस्था पुनस्र्थापना पश्चात २०४८ सालको चुनावमा परशुनारायण नेपाली काँग्रेसबाट राजनीतिमा कमब्याकको प्रयास गरे तर टिकट नपाएपछि पार्टी परित्याग गरे ।
२०४८ र २०५१ सालको दुइ निर्वाचनमा परशुनारायणका चेला हरिप्रसाद चौधरी नेपाली काँग्रेसबाट क्षेत्र नं १ बाट विजयी भए । २०५६ सालको चुनावमा खुमबहादुर खड्का क्षेत्र नं १ बाट विजयी भए ।
खड्काको क्षेत्र नं १ मा आगमनले यस्तो अकालन गरियो कि अब उनलाई हराउने कुनै नेता यस क्षेत्रमा आउन सक्ने छैन । तर १० वर्षे माओवादी जनयुद्ध पछिको २०६४ सालको पहिलो संविधानसभाको चुनावमा माओवादीका इन्द्रजित चौधरीले खड्कालाई हराए ।
२०६४ मै दाङमा ५ निर्वाचन क्षेत्र तोकिएको थियो । देउखुरी क्षेत्रमा दाङ उपत्यकाको केही क्षेत्र मिलाएर दुइटा निर्वाचन क्षेत्र तोकिएको थियो । यसरी २०७० को सालको दोस्रो संविधानसभाको चुनावमा क्षेत्र १ बाट पार्वती डिसी चौधरी, तथा २ बाट सुशीला चौधरी नेपाली काँग्रेसबाट सांसद चुनिएका थिए ।
२०७४ सालमा आइपुग्दा दाङ ३ वटा निर्वाचन क्षेत्रमा खुम्चियो । एमाले–माओवादी गठबन्धनबाट एमालेका मेटमणि चौधरी, काँग्रेसकी सुशीला चौधरीलाई पराजित गरी विजयी भए ।
सधैँ चर्चामा मेटमणि
मेटमणि चौधरी पछिल्लो केही वर्ष राष्ट्रिय राजनीतिमा चर्चामा छन् । एमालेको अन्तरसंघर्षमा खास गरी पार्टी अध्यक्ष केप ीओली उपर गरेको टिप्पणीले उनलाई धेरै चर्चित बनायो ।
एमाले विभाजन भै माधवकुमार नेपालतिर लागेर सहरी विकास मन्त्री बनेका चौधरी दाङ–१ बाट प्रतिनिधिसभा सदस्यमा उठेका उनलाई सत्ता गठबन्धनको काँग्रेस तथा माओवादीको साथ छ ।
२०७४ सालमा पहिलो पटक सांसदको टिकट पाएका मेटमणि दाङ–१ बाट निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुशीला चौधरीभन्दा दोब्बर मतका साथ जितेका थिए । त्यसबेला उनले ३४ हजार १८७ र सुशीला चौधले १७ हजार ८४० मत पाएकी थिइन् । त्यसबेला पनि उनलाई माओवादी गठबन्धनले जित्न सहज भएको थियो ।
यसपटक मेटमणिलाई एमालेकी शान्ता चौधरीले चुनौती दिएकी छन् । नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले काँग्रेसको बढी भोट काटेमा मेटमणिलाई गाह्रो अवस्था आउन सक्छ ।
कस्तो छ चुनावी अंकगणित ?
गत स्थानीय निर्वाचनमा दाङ–१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली काँग्रेसले २९ हजार ७५७, एमालेले २७ हजार २५, माओवादी केन्द्रले १९ हजार २७६, राष्ट्रिय जनमोर्चाले २ हजार ५९६ र एकीकृत समाजवादीले २ हजार ३४१ मत पाएका थिए ।
गठबन्धनको कुल मत झण्डै ५३ हजार ९७० हुन्छ । स्थानीय चुनावको यो आँकडाले मेटमणिको जित्ने अवस्था निकै सहज देखिन्छ । गठबन्धनको मत जोगाउँदै एमालेबाट मत तान्न सक्दा मेटमणिले लगातार दोस्रो जित निकाल्ने अवस्था देखिन्छ । यद्यपि नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरी भन्छन्, मेरो प्रतिस्पर्धी सूर्य हो, कलम त प्रतिस्पर्धामै छैन ।
दाङ–१ मा गंगा चौधरी तथा रुक्मिणी चौधरी पनि उम्मेदवार रहे पनि यी दुबै चर्चामै छैनन् । नाम नबताउने शर्तमा एक शिक्षक भन्छन्, गंगाले ५ सय अनि रुक्मिणीले २ सय बढी भोट कटाउने छाँट छैन ।
प्रकाशित:
१३९२ दिन अगाडि
|
१ मंसिर २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९