धनगढी : पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा २ वटा निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १, र ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको हो । निर्वाचन क्षेत्र नं. ४ मा वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ ।
भने निर्वाचन क्षेत्र नं. २ र ५ मा अझैसम्म मतगणना सुरु नभएको हो ।
निर्वाचन क्षेत्र नं. १ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले १५०२ मतगणना गर्दा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले ६९१ मतसहित अग्र स्थानमा छिन् । रञ्जितालाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले ४११ मतसहित पछ्याइरहेका छन् ।
यस्तै एमालेका तपेन्द्र रावलले १८३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले ८९ मत पाएका छन् ।
यस्तै कैलाली निर्वाचन क्षेत्र नं. ३ मा पनि नागरिक उन्मुक्तिले अग्रता बनाएको हो । १८१० गन्दा उन्मुक्तिका गंगाराम चौधरीले ६०१ मत पाएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कृष्ण चौधरीले ४५० मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ४०१ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार गौरीशंकर चौधरी चौथो स्थानमा छन् । उनले २५० मत पाएका छन् ।
त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर १२७ मतसहित अग्र स्थानमा छन् ।
२ सय मत गन्दा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले ६१ मत पाएका छन् ।
प्रकाशित:
१३८८ दिन अगाडि
|
५ मंसिर २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९