प्रतिद्वन्द्वी गंगाराम भट्टराईले इन्द्रजीत थारुलाई बधाई दिदै
दाङ–१ क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु १ हजार ७ सय ७५ मतान्तरले निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका छन् । लुम्बिनी प्रदेशका बहालवाला स्वास्थ्य मन्त्री थारु दोस्रो पटक प्रदेश सभा सांसदमा निर्वाचित भएका हुन् ।
थारुले १३ हजार ५०५ मत ल्याएर विजयी भएका छन् भने भट्टराई ११ हजार ७३० मत ल्याएर पराजित भएका छन् । २०७४ सालको चुनाव यसै प्रदेश सभाबाट थारु निर्वाचित भएका थिए ।
तर २०७० सालको चुनावमा मोहन वैद्य नेतृत्वको माओवादीमा सहभागी भई चुनाव बहिस्कारमा सहभागी भएका थिए । पछि प्रचण्ड नेतृत्वको माओवादीमा सहभागी भएपछि २ पटक प्रदेश सभा सांसदमा निर्वाचित हुन सफल भएका छन् ।
पहिलो संविधान सभा २०६४ सालमा उनी क्षेत्र नम्बर १ बाट तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्कालाई पराजित गर्दै थारु निर्वाचित भएका थिए । संयोग कस्तो परेको छ भने इन्द्रजीत थारु दाङ–१ क बाट निर्वाचित भएकोमा दाङ–१ ख बाट प्रदेश सभामा खुमबहादुर खड्काका छोरा अनुराग खड्का विजयी भएका छन् ।
प्रकाशित:
१३८५ दिन अगाडि
|
८ मंसिर २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९