सप्तरी १ (क) प्रदेशसभा सदस्यमा एमालेका राजकुमार लेखी जनमत पार्टीका शिवनन्दन मेहतासँग ५१९८ मतान्तरले विजयी भएका छन् ।
लेखीले १४२९१ मत ल्याउँदा मेहताले ९०९३ मत पाए । त्यस्तै, सत्ता गठबन्धनबाट माओवादीका बेचन प्रसाद चौधरीले ७५७२ मत ल्याए ।
वर्ष दिन पहिले २०७८ असोज १७ गते एमालेको विधान महाधिवेशन समापनको बेला लेखी एमालेमा प्रवेश गरेका थिए । उनी जसपा तथा पार्टी फुटपछि लोसपाको केन्द्रीय कार्यकारिणी समितिमा थिए ।
थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्री (२०६३), नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष (२०६६) रहिसकेका लेखी २०७४ को चुनावमा सप्तरीबाट तत्कालीन राजपाको प्रदेशसभा सदस्य उम्मेदवार थिए तर त्यसबेला एमालेका सत्यनारायण मण्डलसँग निकटतम प्रतिद्वन्द्वी बनेर पराजित भए ।
पछि पार्टीले उनलाई मधेस प्रदेशको योजना आयोगको सदस्य बनाएको थियो । तर सन्तोषजनक काम गर्न नसकेको भनेर आयोगको सदस्यबाट बीचमै फिर्ता बोलाएपछि उनी पार्टीसँग असन्तुष्ट थिए ।
घुम्दै फिर्दै एमाले
नेपालको आदिवासी जनजाति आन्दोलनलाई समुदाय स्तरमा स्थापित गर्ने तथा २०६२÷२०६३ को जनजाति तथा थारु आन्दोलनको नेतृत्व गर्दा लेखी अग्रपंक्तिमा थिए । उनले त्यसैबेला आदिवासी जनजाति अगुवाको रुपमा पहिचान बनाए । र, आन्दोलनकमे ३ वर्षपछि आदिवासी जनजाति महासंघको अध्यक्ष पनि भए ।
त्यसो त लेखीको राजनीतिक पृष्ठभूमि एमाले नै हो । अढाइ दशक अघि नै वर्षअघि २०५५ सालमा नै एमालेको सप्तरी–काठमाडौं सम्पर्क मञ्च अध्यक्ष रहिसकेका लेखी पार्टीको अन्चल कमिटी तहमा थिए । पछि एमाले जनवर्र्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको संस्थापक केन्द्रीय सचिवालय सदस्य, पार्टीको केन्द्रीय कमिटीको संघीय मामिला विभाग सदस्य, जनसंगठन प्रजातान्त्रिक राष्ट्रिय युवा नेपालको केन्द्रीय प्रचार बिभाग सदस्य लगायतको जिम्मेवारीमा रहे ।
जनजाति आन्दोलनलाई पार्टी बनाउने पासाङ शेर्पा र लेखीले प्रयास पनि गरेका थिए । एमालेले आदिवासी जनजातिको एजेण्डा ठीक ढंगले नबोकेको भन्दै दुवैजनाले पछि पार्टी परित्याग गरेका थिए ।
यसै क्रममा २०६८ सालमा एमालेबाट बाहिरिदै आफै अध्यक्ष भएर लेखीले नेपाल नागरिक पार्टी गठन गरेका थिए । पार्टी खोल्दा उनी नेपाल आदिवासी जनजाति महासंघको बहालवाला अध्यक्ष थिए । तर उनले त्यो पार्टी निर्वाचन आयोगमा दर्ता गरेनन् ।
लेखीले थरुहट केन्द्रीत पार्टी गठन गर्ने कार्यमा धोखा दिएको भन्दै लक्ष्मण थारु, गोपाल दहित लगायत पश्चिम क्षेत्रका थारु नेताहरुसँग यिनको कहिल्यै मत मिलेन । कुनैबेला थरुहट आन्दोलनको विरोध गरेका कारण लेखी र लक्ष्मण थारुलाई मिलाउनुपर्छ भनेर थारु युवाहरु थाकसको कार्यालय बानेश्वरमा लेखीलाई लिन गएका थिए । लक्ष्मण थारुले अपहरण गर्न पठाएको भनेर उनको मौखिक जाहेरीको आधारमा लक्ष्मण थारुलगायत दर्जन थारु युवा केही साता हिरासतमा समेत परेका थिए ।
थरुहट आन्दोलनको अगुवाई थाकसको तर्फबाट संयोजकको रुपमा आफूले पाउनुपर्ने लेखीको अडान थियो । तर थरुहट आन्दोलन परिचालन संयुक्त समितिको बैठकले थाकसका तात्कालीन केन्द्रीय अध्यक्ष धनीराम चौधरीलाई संयोजक बनायो । यही समितिको अगुवाइमा आन्दोलन हुँदा २०७२ भदौ ७ र ८ को टीकापुर घटना भयो, जसमा ८ प्रहरी १ नाबालक मारिए । धनीराम चौधरी टीकापुर घटनाको फरार सूचीमा छन् । यदि लेखी त्यसबेला आन्दोलनको संयोजक भएको भए टीकापुर घटनाको दोषी करार हुन सक्थे ।
शेर्पाले सामाजिक लोकतान्त्रिक पार्टी तथा लेखीले नागरिक पार्टी स्थापना गरे । तर संगठन बनाउन सकेनन् । पछि शेर्पा माओवादी पार्टी हुँदै पुनः एमालेमा आए । उता मधेसको म पनि सुन्न नचाहने लेखी धेरैलाई आश्चर्यचकित बनाउँदै मधेशवादी पार्टी सद्भावनामा लागे । सद्भावना, राजपा, जसपा, लोसपा हुँदै वर्ष दिन पहिले पुनः एमाले छिरेका लेखी प्रदेश सभा सदस्य भएका छन् ।
लेखीको पृष्ठभूमि पत्रकारिता पनि हो । उनी विश्लेषण साप्ताहिक, जनमञ्च साप्ताहिक, समकालीन साप्ताहिकमा सम्वादाता तथा सहारा साप्ताहिक, थारु संस्कृतिको सम्पादक पनि थिए ।
प्रकाशित:
१३८५ दिन अगाडि
|
८ मंसिर २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९