मतदानस्थलमा मेटमणि चौधरी तथा शान्ता चौधरी
दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एसका मेटमणि चौधरी विजयी भएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चौधरी २६ हजार ५ सय ६३ मत ल्याएर विजयी भएका हुन् । सहरी विकास मन्त्री रहेका चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ता चौधरीलाइ ५ हजार ८४ मतान्तरले विजयी भएका हुन् । मतगणनामा मेटमणि चौधरीले सुरुदेखि नै अग्रता बनाएका थिए ।
एमालेकी शान्ता चौधरीले २१ हजार ५ सय ७९ मत ल्याइन् । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका देबराज पाठकले १३ हजार ७ सय ९४, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ८ हजार १० मत, हाम्रो नेपाली पार्टीकी गंगा सत्गौवाले १ हजार ९२, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी रूक्मिणी चौधरीले २ सय ९३ मत, मंगोल नेशनल अर्गनाइजेशनका शोभाराम बुढाले ५ सय ८३ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस (वीपी)का असोक खड्काले १ सय ९८ मत, राप्रपाका लिला बुढाथोकीले १ हजार ४ सय ३८ मत, नेपाल मजदुर किसान पार्टीका गणेशभक्त खर्जुवाले २६ मत, लोकतान्त्रिक समाजवादी पार्टीकी प्रतिमा बुढामगरले १ सय ३३ मत, र स्वतन्त्र उम्मेदवार चन्द्रमणि न्यौपानेले ३४ मत प्राप्त गरेका छन् ।
जम्मा ७८ हजार ६ सय ९८ मत खसेकोमा ७३ हजार ६ सय ४३ मत सदर भएको थियो भने ४ हजार ५ सय ६७ मत बदर भएको थियो ।
यसअघि दाङमा इन्द्रजीत थारु माओवादीबाट तथा डिल्लीबहादुर चौधरी काँग्रेसबाट विजयी भइसकेका छन् । यी दुबै लुम्विनी प्रदेशमा मन्त्री रहेका छन् ।
प्रकाशित:
१३८४ दिन अगाडि
|
९ मंसिर २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९