कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरूणकुमार चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले एमालेका झपटबहादुर रावललाई पराजित गरेका हुन् ।
सुरुको मतगणनामा पछि परे पनि अन्ततः अरूणले अन्तमा ५ हजार सात सय ४३ मतान्तरले जित हात पारे । अरूणले २१ हजार ८ सय ७१ मत ल्याएका छन् भने रावलले १६ हजार १ सय २८ मत ल्याएका छन् । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका बगतबहादुर बडुवालले १५ हजार एक सय १६ मत ल्याएका छन् ।
को हुन् अरुण चौधरी
अरुण चौधरी कैलाली जिल्ला क्षेत्र न. २ मा पर्ने लम्कीचुहा न.पा. वडा न. ४ गिढिनिया बस्ने स्वर्गिय बुवा करिङ्गा चौधरी र आमा कल्टीदेवी चौधरीको कान्छा छोरा हुन् । उनी सानैदेखि समाज सेवामा रुचि राख्ने, अरुको सुखदुखमा सहभागी हुने, मुद्दा मामिला पर्दा सम्बन्धित ठाउँमा पुग्ने, समाज सेवामा आफ्नो समय बढी खर्चने ब्यक्ति हुन् ।
उनी २०६४ सालदेखि हालसम्म निरन्तर थारुहरुको हक अधिकारको लागि लडिरहेका ब्यक्ति हुन् । आन्दोलनमै लागेका कारण बि.स.ं २०६९ सालमा उनका विरोधी पक्षले उनको ट्रयाक्टर समेत जलाएका थिए । ठूलो क्षति ब्यहोरे पनि तरुण अरुणको समाज सेवा र राजनीतिप्रतिको लगाव कम भएन ।
जनताका प्रतिनिधि भै ठाउँमा पुग्ने निर्णय गरे,मेयर र प्रदेश सभामा लडे, तर सफलता हात पार्न सकेनन् । दुइ चुनावमा हार ब्यहोरिसकेका अरुणले हारको ह्याट्रिक तोड्दै अन्ततः संघीय सांसद भएका छन् ।
तरुण अरुण सक्रिय युवा हुन्, उनी जोशिला र जांग्रिला युवा हुन् भनी धेरैले चिनेका छन् । तर अरुण पहाडीका ज्वाईं पनि हुन् भन्ने कुरा कमैलाई थाहा छ । उनी स्थानीय सरस्वती धामी चौधरी (सानु) सँग विबाह गरेका कारण थारुसँग मात्रै होइन, पहाडी समुदायसँग पनि उनको उत्तिकै घुलमेल, मेलमिलाप, घनिष्टता र नजिकको नाता सम्बन्ध छ । थारुका छोरा पहाडीका ज्वाईं भएका कारण पनि उनी थारु–पहाडी दुबै समुदायका लागि प्यारा छन् ।
यसैगरी, कैलाली–२ (ख) प्रदेश सभामा पनि नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी भएका छन् ।
यो सँगै नागरिक उन्मुक्ति पार्टीबाट कैलालीबाट मात्रै प्रतिनिधि सभामा ३ तथा प्रदेश सभामा ५ जना विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका विजेतात्रय गंगाराम चौधरी, रन्जिता श्रेष्ठ चौधरी तथा अरूणकुमार चौधरी ।
प्रकाशित:
१३८४ दिन अगाडि
|
९ मंसिर २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९