लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ ।
प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ ।
यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुई, दुई सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाएको छ ।
यसअघिको प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेकामा अब कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी,जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका हुन् ।
लुम्बिनीमा प्रदेश सभामा थारु समुदायका जम्मा ९ जना चुनिएका छन् । जसमा एमालेबाट तुल्सीप्रसाद चौधरी, रुपन्देही ३(२), मधुशरणप्रसाद चौधरी, कपिलवस्तु १ (२) तथा दुर्गाप्रसाद चौधरी, बाँके १ (२) गरी ३ जना चुनिएका छन् ।
त्यस्तै, काँग्रेसबाट डिल्लीबहादुर चौधरी, दाङ ३ (१)तथा भुवनेश्वर चौधरी, बर्दिया १ (१) गरी २ जना मात्रै रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी, बर्दिया १ (२) तथा धर्मबहादुर चौधरी, बर्दिया २ (२) बाट गरी दुइ जना प्रदेश सांसद भएका छन् ।
उता माओवादीबाट इन्द्रजित थारु, दाङ १ (१) तथा राप्रपाबाट आशिषकुमार चौधरी, रुपन्देही १(१) एक एक जना मात्रै छन् ।
यी ९ जना प्रदेश सांसदमध्ये डिल्लीबहादुर चौधरीको नाम मुख्यमन्त्रीको रुपमा चर्चामा रहेको छ ।
यसअघिकै मन्त्रीमण्डलमा डिल्लीबहादुर चौधरीको नाम आलोपालो गरी मुख्यमन्त्री बन्ने चर्चा थियो । यसपाली काँग्रेसबाटै प्रत्यक्षमा १७ जनाले जितेकाले गुटगट कुरा मिलाउन सके डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न सक्ने सम्भावना प्रवल छ ।
यस्तो छ दलगत उपस्थिति :
नेकपा एमाले
१. लिला गिरी-रुपन्देही २(१)
२.भोजप्रसाद श्रेष्ठ-रुपन्देही २(२)
३. तुल्सीप्रसाद चौधरी-रुपन्देही-३(२)
४. भुमिश्वर ढकाल-रुपन्देही ५(१)
५.चिन्तामणि पाण्डे-गुल्मी १(१)
६.डिल्लिराज भुसाल-गुल्मी २(१)
७. दिनेश पन्थी-गुल्मी २(२)
८.राजुप्रसाद श्रेष्ठ-पाल्पा १(१)
९. खेमबहादुर सारु -पाल्पा १(२)
१०.चेतनारायण आचार्य-अर्घाखांची १(२)
११.राजजीप्रसाद घिमिरे-अर्घाखांची १(२)
१२.विष्णु पन्थी-कपिलवस्तु १(१)
१३.मधुशरणप्रसाद चौधरी-कपिलवस्तु १(२)
१४.नवराज लामिछाने-कपिलवस्तु २(१)
१५.अर्जुनकुमार केसी-कपिलवस्तु ३(१)
१६.तुल्सीराम शर्मा-प्युठान १9१)
१७.दुर्गाप्रसाद चौधरी-बांके १(२)
१८.रत्नबहादुर खत्री-बांके ३(१) ।
नेपाली कांग्रेस
१.विश्वप्रेम पाठक-नवलपरासी १(१)
२.देवकरणप्रसाद कलवार- नवलपरासी १(२)
३.अब्दुल रज्जाक गद्दी-रुपन्देही १(२)
४.वसिउद्दिन खां-रुपन्देही ४(२)
५.सुधाकर पाण्डे -कपिलवस्तु २(२)
६.सरोज थापा -रोज राणा)-प्युठान १ (२)
७.अनुराग खड्का-दाङ १(२)
८.राजु खनाल-दाङ २(१)
९.प्रचण्डविक्रम न्यौपाने -दाङ २(२)
१०. डिल्लीबहादुर चौधरी-दाङ ३(१)
११.बादशाह कुर्मी-बांके ३(२)
१२.धनबहादुर केसी-रुकुमपुर्व १(२)
१३.भुवनेश्वर चौधरी-बर्दिया १(१)
१४.जन्मजय तिमिल्सेना-बर्दिया २(१)
१५.बीरबहादुर राना-पाल्पा २(१)
१६.धनेन्द्र कार्की-गुल्मी १(२)
१७.बैजनाथ कलवार जैसवाल-नवलपरासी २(२)
नेकपा माओवादी केन्द्र
१.जोखबहादुर महरा-रोल्पा १(१)
२.इन्द्रजित थारु -दाङ १(१)
३.कृष्णा केसी-बांके १(१)
४.तुलाराम घर्ती-पाल्पा २(२)
५.धनबहादुर मास्की-दाङ ३(२)
जनता समाजवादी पार्टी
१.भण्डारीलाल यादव-बाँके २(१)
२.आदेशकुमार अग्रवाल-बाँके २(२)
लोकतान्त्रिक समाजवादी पार्टी
१.सन्तोष पाण्डे -रुपन्देही ३ (१)
२.कन्हैया बनिया-रुपन्देही ४(१)
राष्ट्रिय प्रजातन्त्र पार्टी
१.आशिषकुमार चौधरी-रुपन्देही १(१)
२.जानकीप्रसाद यादव-कपिलवस्तु ३(२)
नागरिक उन्मुक्ति पार्टी
१.राजकुमार चौधरी-बर्दिया १ (२)
२.धर्मबहादुर चौधरी-बर्दिया २ (२)
जनमत पार्टी
१.चन्द्रकेश गुप्ता-रुपन्देही ५(२)
स्वतन्त्र (सबै माओवादीका बागी)
१.दीपेन्द्र पुन-रोल्पा १(२)
२.सरुल पुन-रुकुमपुर्व १(१)
३.खड्ग बस्नेत-नवलपरासी २(२)
प्रकाशित:
१३८३ दिन अगाडि
|
११ मंसिर २०७९
१० दिन अगाडि
|
१५ भदौ २०८३
१२ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
७ भदौ २०८३
२७ दिन अगाडि
|
२९ साउन २०८३
३८ दिन अगाडि
|
१८ साउन २०८३
४० दिन अगाडि
|
१६ साउन २०८३
१४३० दिन अगाडि
|
२५ असोज २०७९
१४६५ दिन अगाडि
|
२१ भदौ २०७९
१४७४ दिन अगाडि
|
१२ भदौ २०७९
१४२९ दिन अगाडि
|
२६ असोज २०७९
१३७९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३५ दिन अगाडि
|
२० असोज २०७९
१३६७ दिन अगाडि
|
२७ मंसिर २०७९