Above News Title

गच्छदार सत्ताको अन्त्यः बल्ल पछारिन् भगवती चौधरीले

लगातार सात पल्ट चुनाव जित्ने गच्छदारको इतिहासमा ब्रेक, यो रेकर्ड अब देउवाको नाममा मात्रै
गच्छदार सत्ताको अन्त्यः बल्ल पछारिन् भगवती चौधरीले

अन्ततः २०४८ सालदेखि लगातार सत्ताको आरोहण गरिरहेका विजयकुमार गच्छदारको सत्ता आरोहणको अन्त्य भएको छ ।

सुनसरी–३ मा गच्छदारलाई हराएर एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् । उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए ।

यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् । २०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने देखिने छैनन् । 

लगातार सात पल्ट चुनाव जित्ने गच्छदारको इतिहासमा ब्रेक लाग्न पुगेको छ । लगातार सात पल्ट चुनाव जित्ने रेकर्ड अब शेरबहादुर देउवाको मात्रै रहने भएको छ । 

हालै सम्पन्न काँग्रेस पार्टीको महाधिवेशनमा धनराज गुरुङसँग मात्र २ भोटको अन्तरले उपाध्यक्षमा हारेपछि गच्छदारको हारको दिनगन्ती सुरु भैसकेको थियो । अब पार्टीमा उनको पकड निकै कमजोर हुने देखिन्छ । राजनीतिमा गच्छदार युगको अन्त्य भएको छ भन्दा फरक परोइन । 

एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनै चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् ।

चौधरीलाई २०७० मा भएको दोस्रो संविधानसभामा ३६२ मतले र पछिल्लो २०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई ५ हजार १८८ बढी मतान्तरले पछारेकी छिन् ।

हालसम्मको गच्छदारको चुनावी नतिजा

२०४८ – सुनसरी क्षेत्र नम्बर २

विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : २७,७७५

लिला श्रेष्ठ (नेकपा एमाले) : १५,८८५

मतान्तर : ११,८९०

२०५१ – सुनसरी क्षेत्र नम्बर २

विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : २१,९६३

कुलदिप पेसकर (नेकपा एमाले) : १०,७०८

मतान्तर : ११,२५५

२०५६ – सुनसरी क्षेत्र नम्बर २

विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : २७,५२७

रेवतीरमण भण्डारी (नेकपा एमाले) : २३,३३९

मतान्तर : ४,१८८

२०६४ – सुनसरी क्षेत्र नम्बर ३

विजयकुमार गच्छदार (मधेशी जनअधिकार फोरम) : २३,७६९

अगमलाल चौधरी (नेपाली कांग्रेस) : १०,८०६

मतान्तर : १२,९६३

२०७० – सुनसरी क्षेत्र नम्बर ३

विजयकुमार गच्छदार (फोरम लोकतान्त्रिक) : १७,५२४

भगवती चौधरी (नेकपा एमाले) : १७,१६२

मतान्तर : ३६२

२०७४ – सुनसरी क्षेत्र नम्बर ३

विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : ३८,९७२

भगवती चौधरी (नेकपा एमाले) : ३८,६५१

मतान्तर : ३२१

२०७९ – सुनसरी क्षेत्र नम्बर ३

भगवती चौधरी (नेकपा एमाले) : ४०,७८८

विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : ३५,६००

मतान्तर : ५,१८८

को हुन् भगवती चौधरी ?

परिवारमा कान्छी छोरीको रुपमा भगवती निम्न वर्गीय परिवारमा गढी–२, औरावनी सुनसरीमा जन्मिएकी हुन् । दाङदेउखुरी नर्तीका दिनेश चौधरीसँग उनको विवाह भएको थियो । चौधरीको एम्बुलेन्स दुर्घटनामा निधन भैसकेको छ । उनको एक छोरा छन् । 

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी फरवार्ड लघुवित्त मार्फत महिलाको आर्थिक तथा सामाजिक विकासमा लागेकी छन् । उनी यस संस्थाको संंस्थापक हुन् । फरवार्ड लघुवित्त नेपालको सबैभन्दा ठूलो लघुवित्त मानिन्छ ।

अखिल नेपाल महिला संघको राजनीतिबाट एमालेको राजनीतिमा आएकी उनी अहिले  एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सहइन्चार्ज छिन् । जिल्लाको इन्चार्ज नपाएकोमा उनले पार्टी अध्यक्ष केपी ओलीको खरो टिप्पणी गरेकी थिइन् ।

उनी २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सदस्य हुँदै वन तथा भूसंरक्षण राज्यमन्त्री समेत भएकी थिइन् ।

प्रकाशित:

१३८१ दिन अगाडि

|

१३ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६७ दिन अगाडि

|

२७ मंसिर २०७९