Above News Title

सुदूरपश्चिमका पूर्व उपसभामुख र सांसदहरुले अझै फिर्ता गरेनन् सरकारी सामान

सुदूरपश्चिमका पूर्व उपसभामुख र सांसदहरुले अझै फिर्ता गरेनन् सरकारी सामान

सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले अझैसम्म सुविधाबाफत पाएको सामान फिर्ता गर्नमा अटेरी गर्दै आएकी छिन् ।

केही दिनमै सुदूरपश्चिम प्रदेश सभाले सभामुख, उपसभामुखसहित नयाँ पदाधिकारी पाउँदै छ । तर उनी अझैसम्म सरकारी सामान फिर्ता नगरेकी हुन् ।

निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले निवाससँगै लिएको सरकारी सामान फिर्ता गर्नुको साटो घरमा लगेको प्रदेश सभा सचिवालय धनगढीले जनाएको छ ।

प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरेको दिनबाटै सांसदहरुको कार्यकाल समाप्त हुने कानूनी व्यवस्था छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि गत असोज २२ गते मनोनयन भएको थियो । सोही दिनदेखि सांसदहरुको कार्यकाल सकिएको मानिन्छ ।

कार्यकाल सकिएको एक साताभित्र उनीहरुले लिएको सेवा सुविधा फिर्ता गर्न सचिवालयले अनुरोध गरेको थियो । तर उपसभामुख जोशीले पटक–पटक आग्रहलाई अटेरी गर्दै आएकी हुन् ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार उपसभामुख जोशीले सरकारी निवासमा प्रयोग गरेको कुनै पनि सामान फिर्ता गरेकी छैनन् । 

उनले भने, ‘हामीले पटक–पटक फिर्ता गर्न आग्रह गरेका छौ । तर उहाँले हालसम्म फिर्ता गर्नुभएको छैन । उहाँले प्रयोग गरेको क्वाटरमा आधाभन्दा बढी सामान छैन । यसको मतलब उहाँले घर लगिसक्नु भएको छ ।‘

उनले सोफा सेट दुई थान, टिभी, एसी, फिल्टर, स्टेन्ड पंखा, ग्यास चुल्हो, स्टिल ¥याक, मिक्चर, पलंग, ल्यापटप, मोबाइलदेखि सिरक डसना समेत फिर्ता नगरेकी हुन् । सामान फिर्ता गर्न पटक–पटक ताकेता गर्दा पनि फिर्ता नगरेको सूचना अधिकारी जैशीको भनाइ छ ।

यी हुन् ल्यापटप मोह भएका निवर्तमान सांसदहरु
सामान फिर्ता गर्नमा उपसभामुख जोशीले मात्रै अटेरी गरेकी छैनन् । यहाँका २१ जना निवर्तमान सांसदहरुले समेत सामान फिर्ता गर्नमा अटेरी गर्दै आएका हुन् । निवर्तमान सांसद अर्चना गहतराज, अमर साउँद, अम्बी कुमारी थापा, उमा कुमारी बादी, कुलवीर चौधरी, चुनकुमारी चौधरी, टेक बहादूर रैका, दिव्यश्वरी शाह, दुर्गा कुमारी कामी, देवकी मल्ल थापाले लिएको ल्यापटप फिर्ता गरेकी छैनन् ।

यस्तै, देवराज पाठक, पुर्णा जोशी, प्रेम प्रकाश भट्ट, बल बहादूर सोडारी, मना कुमारी साउँद, मान बहादूर सुनार, माया तामाङ बोहरा, शान्ति नेपाली, श्यामलाल राना थारु, सुशिला बुढाथोकीले ल्यापटक फिर्ता गरेका छैनन् । 

सार्वजनिक लेखा समितिकी पुर्व सभापति नन्दा बमले लिएको एक थान प्रिन्टर र ल्यापटम पनि फिर्ता नगरेको जैशीले बताएका छन् ।

त्यस्तै, उपसभामुख जोशीका स्वकीय सचिव हरिचन्द्र भटट्ले कार्यालय प्रायोजनको लागि भनेर लिएको ल्यापटप पनि नबुझाएको सचिवालयले जनाएको छ । 
 

प्रकाशित:

१३७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६७ दिन अगाडि

|

२७ मंसिर २०७९