Above News Title

मधेश प्रदेश र थरुहट ‘ढकिया’ परिपुरक जस्तो भए, संघीयता र अधिकार प्राप्ति झन सहज

मधेश प्रदेश र  थरुहट  ‘ढकिया’ परिपुरक जस्तो भए, संघीयता र अधिकार प्राप्ति झन सहज

सोहन साह

यो निर्वाचनले मधेश/थरुहटले केही प्रष्ट सन्देश दिएको छ, कि जसरी पनि मधेशबाट कम्तीमा दुइटा वा पर्यो भने तिनवटा (ढकिया , यो पाली नभए अर्को पाली) राष्ट्रिय पार्टी बन्ने नै छ। मधेश केन्द्रीत पार्टीको आधार कम्जोर नभइ अझ वृहत भएको छ।

यसै बेला, सरकारमा जाने कि नजाने भन्ने वहियात बहस चलेको छ। कति बुद्धिजीवीले त नयाँ उदय भएका शक्ति सरकारमा जानै हुन्न जस्तो बहस समाजिक सञ्जाल र टिभीमा गर्दैछन्। यो नितान्त इमोशनलर निराशाजनक सोच हो।

तर, मधेशको नयाँ शक्तिहरु सरकारमा जानुपर्छ भन्ने तर्क बलियो छ। केही कारण यस्तो होलान् :

(१) चुनावमा थुप्रै विकासका वाचा गरेका छन्। यसलाई पूरा गर्न (आंसिक रुपले भए पनि) सरकारमा जानुपर्ने हुन्छ।

(२) केही महत्त्वपूर्ण कानुनहरु संविधान लागू गर्न अपरिहार्य छ। जुन, अहिलेको सत्ता गठबंधनसंग मात्र सम्भव छ। ती महत्त्वपूर्ण कानुन पारित भए  त्यस्को श्रय पनि नयाँ मधेशमा उदय भएका शक्तिले पाउने छन्।

(३) सरकारमा जानू भनेको साधन पनि हो। बाधक पनि हो। विगत को मधेशी पार्टीले केही गरेनन्  भन्दैमा चरम निराशावादी सोच राख्नु उपयुुक्त हुदैन। नियत राम्रो छ भने सरकारमा जानू साधन जस्तो हो: आफ्नो एजेन्डा, नीति , कार्यक्रमलाई स्थपित गराउन।

(४) मधेसी बुद्धिजीवीहरु low equilibrium mindset मा बस्ने बानी भएको छ। यसले चरम निराशावादी सोच र हारको मनस्थिति मधेशी जनतामा निर्माण गरेको छ।

कम्तीमा यो निर्वाचनको परिणामले politically confident राजनीतिक पार्टीको रुपमा हौरन (जनमत) र ढकिया (नागरिक उन्मुक्ति पार्टी) स्थापित होस् । अनि confidently सरकारमा गइ , काम गरेर देखाउने मौका पनि हो यो।

(५) सरकार मै जानू भएन भने अर्को चुनावमा जनताले भन्लान् : "तपाईं सरकारमै नजाने भएपछि, तपाईंलाई किन वोट दिनु" ! अनि, के उत्तर दिने ? त्यसैले राजनीतिको एक मात्र सुत्र हो, सत्तामा पुग्ने !! अरु सबै, तपशिलको कुरो हो।

(६) मधेश प्रदेश र "थरुहट" ढकिया परिपुरक जस्तो भए, संघीयता र अधिकार प्राप्ति झन सहज हुन्छ। एकले अर्को संग निरन्तर सहयोग, समन्वय र सम्बाद होस् । Lets start fresh भने जस्तै !! दुबै सरकारमा जाने वातावरण बनोस् !!

आशावादी भइ बस्ने हो। तर्क संग सहमति वा विमती राख्न पाइयो।

प्रकाशित:

१३७२ दिन अगाडि

|

१६ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९