Above News Title

यी हुन् एमालेबाट चुनिन सक्ने समानुपातिक सांसद (सूचीसहित)

समानुपातिकबाट महिलामाआस्माकुमारी चौधरी, शान्ति चौधरी, लक्ष्मीदेवी डंगौरा तथा पुरुषमा सत्यनारायण चौधरी र जञ्जिरप्रसाद चौधरी
यी हुन् एमालेबाट चुनिन सक्ने समानुपातिक सांसद (सूचीसहित)

रुपक चौलागाईं

४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सांसदहरूको जोडघटाउ सुरु भएको छ। १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १६२ क्षेत्रको अन्तिम मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ। 

समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा छ। यो रिपोर्ट तयार पार्दासम्म १ करोड ३ लाख ८२ हजार ८५ मत गणना सम्पन्न भइसकेको छ। मतगणना अन्तिम चरणमा पुग्दा दलहरूबाट छानिने समानुपातिकतर्फका सांसदहरूको सूचीबारे आम चासो बढेको छ।

०७४ को निर्वाचनमा देशकै सबैभन्दा ठूलो पार्टीको बनेको नेकपा एमाले यो पटक पनि समानुपातिकतर्फ पहिलो दलको रुपमा दर्ज भएको छ। तर, प्रत्यक्षतर्फ भने एमालेलाई ठूलो क्षति पुगेको छ। ०७४ मा ८० सिट प्रत्यक्षतर्फ जितेको एमालेले अहिले ४४ सिटमा मात्र जित निकालेको छ।

५ वर्षअघिको निर्वाचनमा ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेर एमालेले समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको थियो। यो पटक पनि समानुपातिकतर्फ पहिलो दल बन्दै एमालेले २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरिसकेको छ। निर्वाचन आयोगका अनुसार अझै केही मत गणना गर्न बाँकी भएकाले यसमा अझै केही मत थप हुनेछ।

संघीय संसदमा सबै दलले कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनपर्ने संवैधानिक व्यवस्था छ। अहिलेसम्मको अवस्थालाई हेर्दा नेकपा एमालेले कम्तीमा ३४ सिट समानुपातिकतर्फबाट पाउने देखिन्छ। राष्ट्रिय सभामा एमालेका अध्यक्षसहित १६ सांसद छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ जितेको छ। अब राष्ट्रिय सभाका समेत जोड्दा एमालेको कम्तीमा ९४ जना सांसद हुनेछन्।

जसमध्ये एमालेबाट अहिले ९ जना महिला राष्ट्रिय सभामा छन्। प्रत्यक्षतर्फ ४ जना महिला सांसद चुनिइसकेका छन्। 

संविधानको व्यवस्था अनुसार ३३ प्रतिशत पुर्याउन एमालेलाई ३१ जना महिला सांसदहरु अनिवार्य चाहिन्छन्। राष्ट्रिय सभामा रहेका ९ र प्रतिनिधि सभाबाट निर्वाचित ४ गरी १३ जना अहिले महिला छन्। 

अब एमालेलाई १८ जना महिला सांसद आवश्यक छन्, जुन समानुपातिकबाट पठाउनुपर्ने हुन्छ। र, निर्वाचन आयोगमा बुझाएको १ सय १० जनाको बन्दसूचीअनुसार ती सांसद छान्नुपर्ने हुन्छ।

प्रत्यक्षबाट निर्वाचित महिला सांसदहरु

प्रत्यक्षतर्फ निर्वाचित भएकामध्ये ज्वाला कुमारी साह (बारा–३), जुलीकुमारी महतो (धनुषा–३) गरी २ जना मधेशी समुदायका छन्। 

विद्या भट्टराई (कास्की–३) खस आर्य समुदायबाट छिन् भने भगवती चौधरी (सुनसरी–३) थारु समुदायकी हुन्।

समानुपातिकबाट छानिने महिला सांसदहरू

अब एमालेबाट समानुपातिकका सांसदहरू छान्दा जातीय क्लस्टर मिलाएर पठाउनुपर्ने हुन्छ। विद्यमान व्यवस्था अनुसार प्रतिनिधि  सभामा आदिवासी जनजाति २८.७० प्रतिशत, खस आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी ५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनैपर्छ।

तर यसरी छान्दा महिला उम्मेदवार प्राथमिकतामा पार्नुपर्छ। किनकि एमालेको ३३ प्रतिशत महिला संख्या पुगेको छैन।

खसआर्य क्लस्टर अनुसार एमालेले प्रतिनिधित्व गराउने २४ जना हुन्। त्यसमा १ जना महिला (विद्या भट्टराई, कास्की–२) ले जितेकी छिन्। अन्य २३ जना पुरुष छन्। यो क्लस्टरमा महिला थप गर्ने सम्भावना कम छ। 

आदिवासी जनजाति क्लस्टरबाट एमालेले २२ जना सांसद पुर्याउनुपर्छ। यो क्लस्टरमा प्रत्यक्षतर्फ ११ जना निर्वाचित भइसकेका छन्। अब ११ जना समानुपातिकतर्फबाट छान्नुपर्ने हुन्छ। यसरी पठाउँदा खस आर्य, आदिवासी जनजाति, दलित, थारु, मधेशी र मुस्लिम क्लस्टरबाट छान्न भने पाइनेछ।

आदिवासी जनजाति क्लस्टरबाट प्रत्यक्षतर्फ कोही पनि महिला निर्वाचित भएका छैनन्। यसमा आवश्यक ११ जनामध्ये नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती र रणकुमारी बलम्पाकी निर्वाचित हुने सम्भावना ज्यादा छ।

त्यहाँ अन्य क्षेत्रबाट समेत निर्वाचित गराउने महिला संख्या हेरेर पुरुष निर्वाचित गर्न सकिन्छ। 

थारु क्लस्टरबाट चार सांसद चाहिनेमा प्रत्यक्षतर्फ भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भइसकेकी छिन्। अब समानुपातिकको बन्दसूचीबाट आस्माकुमारी चौधरी, शान्ति चौधरी, लक्ष्मीदेवी डंगौरा चौधरी पर्नेछन्। 

मधेशी क्लस्टरमा ६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन्। जसमा २ महिला छन्। 

दलित क्लस्टरमा प्रत्यक्षतर्फबाट १ जना मात्र निर्वाचित भएका छन्। विधान अनुसारको प्रतिशत पुर्याउनका लागि अब १० जना सांसद आवश्यक पर्छ। जसको पहिलो प्राथमिकतामा महिला पर्ने देखिन्छ। एमालेले बुझाएको बन्दसूची अनुसार महिलातर्फ रुक्मिणी राणा बराइली, हर्कमाया वि।क, इन्दिराकुमारी पन्थी, अन्जु प्रसाईं बर्देवा पहिलो प्राथमिकतामा पर्नेछन्।

मुस्लिम क्लस्टरबाट रुही नाज, साविदा खातुन सिद्दिकी, सैहरा खातुन पहिलो प्राथमिकतामा पर्नेछन्। 

यसपछि पनि ३३ प्रतिशत महिलाको संख्या नपुग्ने भएकाले ३ जना महिला आदीवासी जनजाति र दलित क्लस्टरबाट पुरा गरिनेछ। 

त्यसरी नाम पठाउँदा शान्ति श्रेष्ठ, सरस्वती सुब्बा जनजातितर्फबाट पर्न सक्छन्। यस्तै, अन्जु नेपाली दलित महिला कोटाबाट समेटिन सक्छन्।

समानुपातिकमा छानिने पुरुष सांसदहरू
महिलाको ३३ प्रतिशत (१८ जना)कोटा पूरा भएपछि एमालेले समानुपातिकबाट पाउने ३४ जनामध्येमा अब १६ जना थप्न सक्नेछ। जुन सबै क्लस्टरबाट मिलाउन उसलाई छुट हुनेछ। 

एमालेले बुझाएको बन्दसूची अनुसार पहिलो र दोस्रो प्राथमिकतामा रहेकाहरु सांसद बन्ने निश्चित छ। 

खस आर्यबाट रघुजी पन्त र एकनाथ ढकाल निर्वाचित हुने निश्चित छ। एमालेले बुझाएको समानुपातिक सूचीमा पन्तको नाम खस आर्यतर्फको पहिलो नम्बरमा र ढकालको नाम दोस्रो नम्बरमा छ।

त्यस्तै, आदीवासी जनजाती तर्फबाट देवीप्रसाद भट्टचन र हेमराई राई निर्वाचित हुनेछन्। एमालेले बुझाएको बन्दसूची अनुसार यो क्लस्टरमा भट्टचन पहिलो र राई दोस्रो नम्बरमा छन्। 

दलित क्लस्टरबाट पनि महिला पुगेसँगै अब पुरुष छान्न सकिनेछ। त्यसरी छान्दा दलित क्लस्टरबाट ईश्वरबहादुर रिजाल (विक) र प्रभु हजारा दुसाध निर्वाचित हुनेछन्। विक पहिलो र दुसाध दोस्रो नम्बरको प्राथमिकतामा रहेका छन्। 

मधेशी क्लस्टरबाट पुरुषतर्फ गंगाप्रसाद यादव र अमृतलाल राजवंशी निर्वाचित हुनेछन्। यो कोटाको पहिलो नम्बरमा यादव र राजवंशीको नाम छ।

मुस्लिम क्लस्टरबाट सराज अहमत फारुकी र एजाज आलम चुनिनेछन्। फारुकी र आलम यो कोटामा क्रमशः पहिलो र दोस्रो नम्बरमा छन्।

थारु क्लस्टरबाट सत्यनारायण चौधरी र जञ्जिरप्रसाद चौधरीको नाम क्रमशः पहिलो र दोस्रो नम्बरमा छ। 

सबै क्लस्टरबाट त्यसपछि समानुपातिक सांसद छान्दा पिछडिएको क्षेत्रबाट पनि प्रतिनिधित्व गराउनपर्ने हुन्छ। पिछडिएको क्षेत्रबाट एमालेले ४ जना सांसदहरु बन्दसूचीमा समावेश गरेको छ। जसमध्येबाट हुम्लाका गोरखबहादुर बोगटी पुरुषतर्फ निर्वाचित हुनेछन् भने बझाङकी भागरथी कुमारी चन्द महिलातर्फबाट निर्वाचित हुनेछिन्। 

अब बाँकी रहेका २ सांसद खस आर्यतर्फका महिलाको कोटाबाट छानिने संभावना छ। जसमा क्रमशः मेनका कुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली पर्नेछन्।

एमालेका प्रत्यक्ष निर्वाचित खसआर्य सांसदहरू
(१) उदयपुर २– अम्बरबहादुर रायमाझी
(२) गुल्मी २– गोकर्ण विष्ट
(३) झापा २– देवराज घिमिरे
(४) झापा ५– केपी शर्मा ओली
(५) ताप्लेजुङ– योगेश भट्टराई
(६) अर्घाखाँची– टोपबहादुर रायमाझी
(७) प्युठान– सूर्य थापा
(८) मकवानपुर २– महेश बर्ताैला 
(९) पर्वत– पदम गिरी
(१०) रुपन्देही ५– बासुदेव घिमिरे
(११) कास्की २– विद्या भट्टराई
(२२) बाँके १– सूर्यप्रसाद ढकाल 
(१३) बैतडी– दामोदर भण्डारी 
(१४) कपिलवस्तु १– बलराम अधिकारी
(१५) कास्की ३– दामोदर पौडेल वैरागी 
(१६) बारा १– अच्युतप्रसाद मैनाली
(१७) सर्लाही ३– हरिप्रसाद उप्रेती
(१८) काभ्रेपलाञ्चोक २– गोकुलप्रसाद बास्कोटा
(१९) पाल्पा २– ठाकुर गैरे
(२०) पाल्पा १– नारायणप्रसाद आचार्य
(२१) मोरङ २– ऋषिकेश पोखरेल
(२२) रुपन्देही २– विष्णु पौडेल 
(२३) सुनसरी २– भीमप्रसाद आचार्य
(२४) इलाम १– महेश बस्नेत 

एमालेका प्रत्यक्ष निर्वाचित आदीवासी जनजाति सांसदहरू
(१) काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
(२) ललितपुर २– प्रेमबहादुर महर्जन
(३) लमजुङ १– पृथ्वीसुब्बा गुरुङ
(४) सोलुखुम्बु– मानवीर राई 
(५) झापा ४– लालप्रसाद साँवा लिम्बु 
(६) धनकुटा– राजेन्द्रकुमार राई
(७) कञ्चनपुर १– तारा लामा तामाङ
(८) पाँचथर– वसन्तकुमार नेम्वाङ
(९) कास्की १– मनबहादुर गुरुङ 
(१०) सिरहा ३– लीलानाथ श्रेष्ठ
(११) इलाम २– सुवासचन्द्र नेम्वाङ

एमालेका प्रत्यक्ष निर्वाचित मधेशी सांसदहरू
(१) पर्सा ३– राजकुमार गुप्ता
(२) सिरहा १– रामशंकर यादव 
(३) बारा ३– ज्वालाकुमारी साह 
(४) धनुषा ३– जुलीकुमारी महतो
(५) कपिलवस्तु ३– मंगलप्रसाद गुप्ता
(६) महोत्तरी १– लक्ष्मी महतो 
(७) धनुषा ४– रघुवीर महासेठ

एमालेका प्रत्यक्ष निर्वाचित थारु सांसद
(१) सुनसरी ३– भगवती चौधरी

एमालेका प्रत्यक्ष निर्वाचित दलित सांसद
(१) रुपन्देही १– छविलाल विश्वकर्मा

नेपालखबरबाट

प्रकाशित:

१३७७ दिन अगाडि

|

१७ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६७ दिन अगाडि

|

२७ मंसिर २०७९