निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना लगभग सकिएको छ। अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणना मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
शनिबार राति ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म २४ घण्टामा निर्वाचन आयोगको वेबसाइटमा १२९१ मतको तथ्याङ्क मात्रै थप गरिएको छ।
हिजो राति १ करोड ४ लाख १८ हजार ८ सय ३४ सदर मत रहेको आयोगको वेवसाइटमा अहिले १ करोड चार लाख २० हजार १२५ मत राखिएको छ।
जसमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तोकिएको थ्रेसहोल्ड पुरा नगर्ने देखिएको छ। आवश्यक हुने मतको संख्या बढ्दै जाने तर पाउने भोट भने त्यसको तुलनामा नआइरहेकाले पार्टी केही हजार मतको अन्तरले समानुपातिकमा सिट पाउन र राष्ट्रिय पार्टीको मान्यता पाउनबाट चुक्ने देखिएको छ।
हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले सबैभन्दा बढी २७ लाख ८८ हजार ३५६ अर्थात २६.७६ प्रतिशत मत पाएको छ। यस्तै प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ अर्थात २५.५३ प्रतिशत मत पाएको छ।
तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार १२४ अर्थात मत अर्थात ११.१५ प्रतिशत मत प्राप्त गरेको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ अर्थात १०.७९ प्रतिशत मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८ अर्थात ५.६३ प्रतिशत मत पाएको छ।
जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ अर्थात ४.०४ प्रतिशत मत पाएको छ।
यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार५२३ अर्थात ३.७९ प्रतिशत मत पाएर राष्ट्रिय पार्टी बनेको छ।
कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान छ।
यता नेकपा (एकीकृत समाजवादी)ले हालसम्म २ लाख ९४ हजार ३६२ अर्थात २.८२ प्रतिशत मत पाएको छ।यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१ मत पाएका छन्। ‘थ्रेसहोल्ड’का कारण समानुपातिक मतमा नागरिक उन्मुक्ति र नेकपा एस अभागी सावित भएका छन् ।
बाँकी दलहरूले १ लाख मत कटाउन सकेका छैनन्। प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८१ मत प्राप्त गरेको छ। सेतोपाटी
प्रकाशित:
१३७६ दिन अगाडि
|
१८ मंसिर २०७९
१० दिन अगाडि
|
१५ भदौ २०८३
१२ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
७ भदौ २०८३
२७ दिन अगाडि
|
२९ साउन २०८३
३८ दिन अगाडि
|
१८ साउन २०८३
४० दिन अगाडि
|
१६ साउन २०८३
१४३० दिन अगाडि
|
२५ असोज २०७९
१४६५ दिन अगाडि
|
२१ भदौ २०७९
१४७४ दिन अगाडि
|
१२ भदौ २०७९
१४२९ दिन अगाडि
|
२६ असोज २०७९
१३७९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३५ दिन अगाडि
|
२० असोज २०७९
१३६७ दिन अगाडि
|
२७ मंसिर २०७९