प्रत्यक्षतर्फ एक स्वतन्त्रसहित चार सिटमा कब्जा जमाएको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ २ लाख ७१ हजार ७२२ मत प्राप्त गर्यो।
नागरिक उन्मुक्ति पार्टीलाई तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन ४५ हजार ८० मत पुगेन। प्रतिनिधि सभाको समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ।
उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, अरुणकुमार चौधरी र गंगाराम चौधरीे क्रमशः कैलालीको १, २ र ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। यो पार्टीकै समर्थनमा लालबीर चौधरीले बर्दिया २ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका छन्।
प्रदेश सभामा कति ?
प्रतिनिधि तथा प्रदेश सभा गरी नागरिक उन्मुक्तिबाट १६ सांसद भएका छन् ।
सुदूरपश्चिमबाट प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीले ५ जनालाई जिताएर पठाएको छ । समानुपातिकतर्फ यस पदेशबाट २ जना चुनिदैछन् ।
त्यस्तै, लुम्बिनी बाट प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीले २ जनालाई जिताएर पठाएको छ । समानुपातिकतर्फ यस पदेशबाट पनि २ जना चुनिदैछन् ।
उता मधेस प्रदेशमा समानुपातिकतर्फ यस पदेशबाट पनि १ जना चुनिदैछन् । मधेस प्रदेशमा महिला या पुरुष कसलाई सांसद बनाउने पार्टीलाई सबैभन्दा बढी सकस भएको छ ।
बाराबाट चुनाव लडेकी राधा चौधरी भन्छिन्, मधेस प्रदेशमा बाराले पार्टीलाई सबैभन्दा बढी समानुपातिक भोट पठाएकाले स्वतः बाराको अधिकार रहन्छ ।
प्रदेश सभामा कुन प्रदेशमा कुन दललाई कति सिट ?

प्रकाशित:
१३७२ दिन अगाडि
|
२१ मंसिर २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९