धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती छिट्टै सम्पन्न हुने आश्वासन दिएका छन् ।
धनगढीमा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब छिट्टै सम्पन्न हुने बताएका हुन् ।
सुदूरपश्चिम सम्भावनाले भरिएको क्षेत्र रहेको बताउँदै उनले खप्तड, रामारोशनलगायत पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे । उनले देशको समृद्धिको लागि छिमेकीहरुसँगको सम्बन्धलाई पनि मजबुत बनाउनुपर्ने उनको धारणा थियो ।
यसैबीच महोत्सव आयोजकले महोत्सव उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाएको छ । १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको हो ।
२१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि (देउवा) लाई १५ किलोको माला लगाइएको हो । २१ बुँदाबाट केही माग पुरा भइसके उल्लेख गर्दै आयोजकले मालाको तौल घटाइएको जनाएको छ ।
गौरीफण्टा नाका, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हबलगायतका मागहरु रहेका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन । हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सवको यो १६ औं संस्करणको हो ।
पहिलो महोत्सवदेखि नै संघले धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल, गेटा मेडिकल कलेज, पश्चिम सेती जलविद्युत आयोजना, औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, गौरीफन्टा नाकाको स्तरोन्नती, धनगढी–दीपायल–बझाङ द्रुतमार्ग, सुख्खा बन्दरगाह, प्राविधिक कलेज, प्रदर्शनी स्थल, शीतगृहलगायतका प्रमुख माग प्रस्तुत गर्दै आएको छ ।
महोत्सवमा ४ सय बढी स्टलहरू रहेका छन् । कृषि उपजका ११, होटलका २६, अटोमोबाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक स्टल रहेका हुन् ।
प्रकाशित:
१३७१ दिन अगाडि
|
२२ मंसिर २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९