Above News Title

नागरिक उन्मुक्ति पार्टीबाट को–को भए समानुपातिक सांसद ?

सुनिता चौधरी, दामोदर पण्डित, रेणुका चौधरी, निर्मला चौधरी र रामचन्द्र चौधरीलाई छनोट गरेको महासचिव थापाको भनाई
नागरिक उन्मुक्ति पार्टीबाट को–को भए  समानुपातिक सांसद ?

धनगढी : नागरिक उन्मुक्ति पार्टीले समानुपतिक प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको छ ।

काठमाडौंमा शुक्रबार बसेको केन्द्रिय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २÷२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको हो ।

पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको नाम छनोट गरेको हो । मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरीलाई छनोट गरेको महासचिव थापाले जानकारी दिए ।

तर यही नामावली अन्तिम नहुन सक्छ । निर्वाचन आयोगले समुह नमिले सच्याउन भन्न सक्ने छ ।

नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ । भने प्रदेशतर्फ ७ सिट जितेको हो । 

यससँगै प्रतिनिधि सभामा ४, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४ र मधेशमा १ गरी जम्मा १६ सिट जितेको हो ।

यस्तै, सचिवालय बैठकमा सरकारमा जाने वा नजाने विषयमा पनि छलफल भएको महासचिव थापाले बताए । टीकापुर राजबन्दी रिहाइसहित आफूहरुको माग मुद्दा सम्बोधन गरेको अवस्थामा सरकारमा जान सकिने तर सम्बोधन नभएको अवस्थामा कुनै पनि सरकारमा जान नसक्ने स्पष्ट पारे ।

यसैबीच बैठकले आगामी बैशख ४ देखि ६ गतेसम्म टीकापुरमा पार्टीको केन्द्रीय अधिवेसन गर्ने निर्णय समेत गरेको छ ।
 
प्रकाशित:

१३७० दिन अगाडि

|

२३ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९