Above News Title

किसानको धान खरिद नगरेपछि खाद्य व्यवस्था कम्पनीको प्रदेश कार्यालयमा तालाबन्दी

किसानको धान खरिद नगरेपछि खाद्य व्यवस्था कम्पनीको प्रदेश कार्यालयमा तालाबन्दी

कैलाली : किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।

धानको मूल्य निर्धारण गरेपनि धान खरिद नगरेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रदेश कार्यालयमा आइतबार तालाबन्दी गरिएको हो ।

नेकपा एमालेको अखिल नेपाल किसान महासंघ र नेपाली कांग्रेसको नेपाल किसान महासंघले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सरकारले कार्तिक १६ गते मोटा र मसिनो धानको मूल्य निर्धारण गरेको थियो । तर त्यो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद नगर्दा किसानले सस्तोमा धान बेच्न बाध्य भएका छन् ।

अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य डेजी पाण्डेले सरकारले तोकेकै मूल्यमा तत्काल किसानको धान खरिद गर्न दबाब दिन कार्यालयका तालाबन्दी गरेको बताए ।

सरकारले मोटो धानको मूल्य प्रति क्वीन्टल २ हजार ९७६ र मसिनो धानको मूल्य क्वीन्टल ३ हजार १२८ रुपैयाँ निर्धारण गरेको छ । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म कुनै तयारी नगरेको पाइएको छ । कम्पनीले  किसानको धान खरिद नगर्दा किसानले २ हजार २ सय रुपैयाँ प्रति क्वीन्टलमा बेच्न बाध्य छन् । 

पाण्डेले भने, ‘किसानको धान खरिद गर्ने भन्दै स्थापना गरिएको कार्यालयले समयमा धान खरिद नगर्दा किसान घाटा खाएर बेच्न बाध्य छन् । तत्काल अब खरिद गर्नु पर्छ भनेर तालाबन्दी गरेका हौँ । अझै किसानको धान खरिद नगरे थप सशक्त आन्दोलन गर्न बाध्य हुने छौँ ।’

कम्पनीले गत वर्ष पनि किसानको धान खरिद गरेको थिएन । बाढीले गर्दा धान भिजेको भन्दै कम्पनी किसानको धान खरिद नगरेको हो । चालु वर्षमा भने विभिन्न बहानाबाजी गर्दै हालसम्म खरिदको तयारी नगरेको हो ।
 
प्रकाशित:

१३६८ दिन अगाडि

|

२५ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९