Above News Title

अध्यादेश जारी नभए थारु कल्याणकारिणी सभाले दियो आन्दोलन गर्ने चेतावनी

अध्यादेश जारी नभए थारु कल्याणकारिणी सभाले दियो आन्दोलन गर्ने चेतावनी

रेशम चौधरी लगायतलाई रिहा गर्न सरकारले ल्याएको अध्यादेश कार्यान्वयन नभए  थारु कल्याणकारिणी सभाले सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

उसले अध्यादेश कार्यान्वयनका लागि दबावमूलक कार्यक्रम पनि सार्वजनिक गरेको छ । थारु कल्याणकारिणी सभा एवं थरुहट, थारुवान संयुक्त सघर्ष समितिले मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी अध्यादेश कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

सभाले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारलाई अध्यादेश ल्याएकामा धन्यवाद दिँदै राष्ट्रपतिबाट जारी हुने विश्वास व्यक्त गरेको छ । ‘यसलाई कहिँ कतैबाट जान अञ्जानमा गरिएको विरोधको सामना गर्दै मौलिक हक अधिकार प्राप्तिको लागि जोडदार माग गर्दछौं । साथै  मन्त्रिपरिषदले ल्याएको अध्यादेश सम्माननीय राष्ट्रपतिज्यूबाट यथाशीघ्र प्रमाणीकरण गरिनेछ भन्ने विश्वासमा छौं’ केन्द्रीय अध्यक्ष धनीराम चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट, थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले अधिकार प्राप्तको आन्दोलनलाई राज्‍यले विभेद गरेर आपराधिक बनाएको भन्‍दै यसलाई सद्भावपूर्ण ढंगले नटुंग्याए थप विद्रोह निम्‍तिने बताए ।

उनले भने, ‘थारूहरुले अधिकार प्राप्तीको आन्दोलन गर्दा अपराधीको बिल्ला भिराएर फसाउने राज्‍य र केही नश्लवादीहरुले यदि यसरी नै सद्भाव भड्काउने हो भने थारूले थप विद्रोहको आगो बोक्न तयार रहन्छ । हामी सशक्त आन्दोलनको तयारी गर्न बाध्य हुन्छौं ।’

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले पनि उक्त अध्यादेश राष्ट्रपतिबाट जस्ताको त्यस्तै यथाशक्य चाँडो जारी हुनुपर्ने बताए । उनले नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने वा नजाने, सरकारलाई समर्थन वा नगर्ने विषय अध्यादेशसँग जोडिएको विषय नभएको पनि दावी गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति अनुसार अहिलेको सरकारले अध्यादेश ल्याएको बताए । उनले अहिले संसद् नभएको बेलामा सरकारले अध्यादेश ल्याएको भन्दै आलोचना गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरे । 

कांग्रेसका अर्का केन्द्रीय सदस्य रामजनम चौधरीले थारुहरुले आफ्नो अधिकार र पहिचान स्थापित गराउन आन्दोलन गरेको बताए । आन्दोलनको क्रममा सबै जातिले आफ्नो अधिकार संविधानमा लेखाउन लागिपरेको सुनाउँदै उनले भने, ‘टीकापुर घट्ना दुर्भाग्यपूर्ण भयो । घटनाको भोलिपल्ट राज्यले थारुहरुको घरमा आगो लगाउने काम गर्‍यो ।’

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य  सन्तकुमार थारुले पनि अध्यादेशको स्वागत गरे । उनले टीकापुरमा घटनामा तत्कालीन सरकारले थारुहरुमाथि थुप्रै झुटा मुद्दा लगाएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने र जेलमा रहेकाहरुको रिहाइ हुनुपर्ने बताए ।

थाकसले बुधबार मंसिर २८ गते थरुहटका सबै जिल्लामा अध्यादेशको पक्षमा जनपरिचालन र र्याली तथा मंसिर २८ गते दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा  अध्यादेश कार्यान्वयनको पक्षमा धर्ना, जुलुस गर्ने जनाएको छ । 

 

प्रकाशित:

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९