रेशम चौधरीसँग भेटघाटपछि काँग्रेसबाट लुम्विनी प्रदेश सांसद देवीप्रसाद चौधरी नेता नागरिक उन्मुक्ति तथा पार्टीका लक्ष्मण थारू डिल्लीबजार कारागार परिसरमा ।
नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले शनिबार दिउँसो डिल्लीबजार कारागारमा रेशम चौधरीलाई भेटेका छन् ।
भेटमा गच्छदारले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले राम्रो स्थान ल्याउन सफल भएकोमा पार्टीका संरक्षक रेशमलाई बधाई दिएका थिए ।
गच्छदारले आफूले गठन गरेको फोरम लोकतान्त्रिक पार्टीलार्ई धेरै अगाडिसम्म डोर्याउन नसकेको तर नागरिक उन्मुक्ति पार्टीले लामो उडान भरोस् भनेर शुभकामना पनि दिएका थिए ।
अध्यादेशको पक्षमा सबै सरोकारवालाहरुसंग छलफल गर्ने, अध्यादेशको पक्षमा सडक आन्दोलनलाई निरन्तरता दिने तथा थारुहरुलाई अपराधी देख्नेहरुको भण्डाफोर गर्न गाउँ गाउँमा अभियान चलाउनमा नागरिक उन्मुक्ति पार्टीले थारु कल्याणकारिणी सभा (थाकस) सँग सहकार्य गरिरहेको छ ।
रेशम चौधरी लगायतको रिहाइको लागि ल्याइएको अध्यादेशको पक्षमा आफू पनि साथमै उभिएको गच्छदारले रेशमलाई धाडस दिलाए । स्मरण रहोस् काँग्रेसका केन्द्रीय सदस्यहरु रामजनम चौधरी, योगेन्द्र चौधरी, डा गोपाल दहित, काँग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, कल्पना चौधरी लगायतले हालै ल्याइएको अध्यादेशको पक्षमा रहेको थाकसको विज्ञप्तीमा हस्ताक्षर गरेर ऐक्यबद्धता समेत जनाएका छन् ।
थाकसले अध्यादेशको पक्षमा दवाव दिन आफ्ना चौबीसै जिल्ला समितिलाई पत्राचार गरेको छ । यसबारे छलफल गर्न पुस ५ गते काठमाडौंमा बृहत् भेला बोलाइएको छ ।
प्रकाशित:
१३६२ दिन अगाडि
|
२ पुष २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९