नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभामा समानुपातिक सांसद भएकाहरु निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेपछि आयोग परिसरमा ।
आइतबार प्रदेश तथा प्रतिनिधिसभाका समानुपातिक सांसदहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ ।
तर सांसदहरुको शपथग्रहणको तालिका अहिले तोकिएको छैन । नवनिर्वाचित सांसदले शपथग्रहण गरेकै दिनदेखि राज्यबाट सुविधा पाउने छन् । सत्तारूढ दलले शपथग्रहणपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने भएकाले संसद् सचिवालयले शपथ गराउने तयारी गरिरहेको छ ।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संसद् बैठकसमेत पुसभित्रै बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । नयाँ सांसदलाई शपथको दिन कानुनको संग्रह, डायरी, झोला, कलम, शपथ राख्ने फाइल दिइनेछ । विगतमा दाताको सहयोगमा झोला दिने गरिएकामा यसपालि दाता गुहारिएको छैन । सांसदहरूलाई दिने डायरी छुट्टै छापिएको छ ।
सांसदहरूलाई मासिक अतिथि सत्कार भत्ता पनि दिइनेछ । सांसदले निजी सचिवालयका लागि कर्मचारी सुविधा पनि पाउनेछन् । सांसदको कोठा व्यवस्थापन गर्न सुरुमै फर्निचरको एकमुष्ट पैसा उपलब्ध गराउने कानुनी व्यवस्था छ ।
प्रतिनिधि सभाका सांसदहरूले तलबबापत मासिक ६६ हजार ७० रुपैयाँ पाउनेछन् । काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सांसदले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ पाउने छन् । घर हुने सांसदले भने घर मर्मतसम्भारबापत मासिक ८ हजार रुपैयाँ पाउँछन् । बिजुली, पानी, इन्टरनेट, टेलिफोन महसुल र पत्रपत्रिकाबापत मासिक ३ हजार रुपैयाँ दिइन्छ । इन्टरनेटसहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ ।
सांसद बिरामी परे उपचारसमेत सरकारकै खर्चमा हुनेछ । अस्पताल भर्ना भएर गरिएको उपचार खर्च मात्र नभएर नियमित सेवन गर्ने औषधिसमेत सचिवालयले उपलब्ध गराउँछ ।
बैठक बस्दा दैनिक १ हजार यातायात खर्च र १ हजार बैठक भत्ता सांसदलाई दिइन्छ । सत्तापक्षका नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समिति सभापतिले गाडी सुविधा पाउँछन् ।
काँग्रेसबाट लुम्बिनी प्रदेश सभाका समानुपातिक सांसद देवीप्रसाद चौधरी निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेपछि आयोग परिसरमा ।
प्रकाशित:
१३६० दिन अगाडि
|
४ पुष २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९