Above News Title

थारूबारे बृहत् अनुसन्धान गर्ने  अर्जुन गुनरत्नेलाई सम्मान

थारूबारे बृहत् अनुसन्धान गर्ने  अर्जुन गुनरत्नेलाई सम्मान

                                                                                                                                    तस्विरः रमेशकुमार पौडेल

‘मुढेठा’ चितवनका थारुहरूले आफूले मान सम्मान गर्नुपर्ने व्यक्तिहरुलाई शिरमा बाँधिदिने सेतो कपडाको फेटा हो । पूर्वी चितवनको बछौलीमा रहेको थारु साँस्कृतिक संग्रहालयको प्रांगणमा मंगलबार थारु अगुवाले अर्जुन गुनरत्नेको शिरमा सेतो मुढेठा बाँधेर सम्मान दर्शाए । श्रीलंकन मूलका गुनरत्ने हाल अमेरिका निवासी हुन् । तर नेपालका थारु समुदायका लागि उनले ठूलो गुन लगाएका छन् । 

‘त्यही कारणले हामीले उनलाई थारु शैलीमा सम्मान गरेको हो,’ कार्यक्रम आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले भने । गुनेरत्ने मानवशास्त्री हुन् । गुनरत्ने सन् १९८९ मा चितवन आएका थिए । अमेरिकाको सिकागो विश्वविद्यालयमा पढ्दै गरेका उनी आफ्नो विद्यावारिधिको शोधका लागि त्यो बेला नेपाल आएका थिए ।

‘श्रीलंका र नेपाल धेरै फरक छैन । भगवान बुद्ध जन्मेको देश भएका कारण म नेपाल आउन घुम्न चाहन्थे । त्यसैले मैले पीएचडीको अध्ययनका लागि नेपालको संस्कृति रोज्ने निर्णय लिएको थिएँ,’ सम्मान कार्यक्रममा गुनरत्नेले सुनाए । नेपालका बारेमा बुझ्दै जाँदा हिमाल र त्यहाँका मान्छेका बारेमा धेरै लेखेको र तराई र त्यहाँका मान्छेका बारेमा कमै लेखेको भेटाएको उनले बताए ।

‘थारु नेपालको तराईमा बस्छन् । तराईको जनसंख्याको महत्त्वपूर्ण हिस्सा थारुहरूको रहेछ । उनीहरु आदिवासी हुन् । तराईका हरेक जिल्लामा भेटिन्छन् । तर बाहिरका मानिसहरूलाई तिनीहरुको बारेमा थोरै जानकारी थियो । त्यसैले आदिवासीको अध्ययनमा केही योगदान पुगोस भनेर थारुहरुबारे शोध गरेको हुँ,’ उनले भने । उनले शोधपत्र मात्रै तयार गरेनन्, त्यसैका आधारमा पुस्तक र लेख पनि तयार पार्दै गए ।

‘मेनी टङ्स वान पिपुल, द मेकिङ अफ थारु आइडेन्टिटी इन नेपाल’ उनले लेखेको महत्त्वपूर्ण पुस्तक हो । ‘यही पुस्तकका आधारमा नेपालका थारुको पहिचान विश्वव्यापी भएको हो,’ सभापति ललित चौधरीले भने । चितवन, सप्तरी, कैलाली र दाङका थारु समुदायमा अर्जुनले शोध गरेका थिए ।

भारतको चम्पारणसम्म पनि शोधका लागि पुगेको चितवनमा गुनरत्नेको सहयोगी रहेका सत्यनारायण चौधरीले बताए । ‘तराईका विभिन्न भागका थारु भाषा र रीतिरिवाज फरक फरक रहेछ । उनीहरुले फरक भाषा र रिवाज भएकासँग पनि बिहे नगरेको भेटियो । तर ३० वर्षअघि विराटनगरमा भएको थारु कल्याणकारिणी सभाको सम्मेलनमा मेचीदेखि महाकालीसम्मका थारु एकै हुन् भन्ने सुनेँ,’ गुनरत्नेले भने ।

आफूलाई थारुहरू कसरी एकजुट भए भन्नेबारे पनि अनुसन्धान गरेको गुनरत्ने बताउँछन् । ‘थारुहरुलाई नेपालको विकासले एकै बनायो । पुरानो जमानामा चितवनबाट दाङ जानभन्दा भारतका सहर पुग्न सजिलो थियो । मलेरिया निर्मूल भएर सडक र विद्यालय बन्यो । र विभिन्न जिल्लाका थारु एकअर्काका सम्पर्कमा आए । यसरी उनीहरू एकताबद्ध भए,’ गुनरत्नेले भने ।

उनीसँगको भेट स्मरण गर्दै सत्यनारायण भन्छन्, ‘पहिलो पटक देख्दा हाउभाउ ब्रिटिसको जस्तो थियो तर वर्ण एसियालीको जस्तो लाग्थ्यो । म त्यतिबेला रामपुरमा कृषिमा स्नातक पढ्दै थिए । हाम्रो टिचर फणीन्द्र थापाले उहाँलाई ल्याएर आउनु भएको थियो । नाम सुनेपछि नेपाली जस्तै लागि हाल्यो नि । यसरी हाम्रो परिचय भयो, अध्ययन अगाडि बढ्यो ।’

आफ्नो समुदायको सोधखोज गर्नेलाई उचित सम्मान दिनका लागि कार्यक्रम आयोजना गरेको चितवनका थारु अगुवा बासु चौधरीले बताए । ‘हामी उहाँलाई सम्मान गरेर शिक्षित व्यक्तिको संसार कति फराकिलो हुन्छ भन्ने देखाउन बुझाउन पनि चाहेका हौं । श्रीलंकामा जन्मेर पढ्नेलाई अमेरिकासम्म पुगेको व्यक्तिले आज चितवनमा सम्मान पाएको छ । शिक्षा र सोधखोजले व्यक्तिलाई महान बनाउँछ भन्ने सन्देश हामी दिन चाहन्छौं,’ उनले भने ।

गुनरत्ने अमेरिकाको म्याकालेस्टर कलेजमा मानवशास्त्रका प्राध्यापक हुन् । सुरुमा कोलम्बो विश्वविद्यालयका कानुनका विद्यार्थी रहेका गुनरत्नेले सिकागो विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका हुन् ।  उनले श्रीलंका र नेपालका वातावरणीय मुद्दामा विभिन्न अनुसन्धान गरेका छन् ।

प्रकाशित:

१३५९ दिन अगाडि

|

५ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९