Above News Title

रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म धर्ना जारी राख्छौँ : रञ्जिता श्रेष्ठ चौधरी

रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्तिका सांसदहरू धर्नामा
रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म धर्ना जारी राख्छौँ : रञ्जिता श्रेष्ठ चौधरी

धर्नाको नवौँ दिन । नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसदहरू धर्नामा बसेका छन्। पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ माग गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका १६ जना सांसदहरू बुधबार माइतीघरमा मण्डलामा धर्ना दिएका हुन्।

 ‘लाल आयोगको प्रतिवेदन सावर्जनिक गर’, ‘राजबन्दी रिहाइ गर’, ‘टीकापुर घटना राजनीतिकरण गर’, ‘जनताको लागि लडेको, जेलमै सड्नु परेको ’, ‘न्याय देउ, न्याय देउ रेशमजीलाई बाहिर लेउ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित धर्नामा बसेका थिए ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म धर्ना जारी राख्ने बताइन्। उनले माइतीघरमा नवौं दिन र देशभरि नै थारूहरू स्वतस्फुर्तरूपमा धर्ना बसिरहेका बताइन्।

'रेशमजीको रिहाइका लागि देशभरि थारूहरू धर्नामा बस्नुभएको छ। माइतीघरको धर्ना पनि उहाँ नछुटेसम्म जारी रहन्छ,' उनले भनिन्। 

उनले निर्दोष थारूहरूलाई झुठा मुद्दा लगाएर राजबन्दी बनाइएको भन्दै उनीहरूको यथाशिघ्र रिहाइ हुनुपर्ने बताइन्।

त्यस्तै रेशम चौधरीका पिता लालविर चौधरीले न्यायका लागि धर्नामा बसेको बताए। 'हामी अन्यायका विरुद्धमा यहाँ धर्नामा बसेका छौं। अपराध गर्ने मान्छेलाई कारबाही होस् र निर्दोषहरूको रिहाइ होस् भनेर हामीले चाहेका हौं,' उनले भने।

त्यस्तै प्रतिनिधिसभा सांसद गंगा चौधरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यादेश प्रमाणीकरण गर्न आग्रह गरे। उनले अध्यादेशमार्फत् निर्दोष थारूहरूले न्याय पाउने भन्दै अध्यादेश प्रमाणीकरण गर्न आग्रह गरेका छन्। 

प्रकाशित:

१३५८ दिन अगाडि

|

६ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९