Above News Title

सुदूरपश्चिममा ‘निर्णायक’ भएपछि नागरिक उन्मुक्तिले माग्यो ‘मुख्यमन्त्री’

सुदूरपश्चिममा ‘निर्णायक’ भएपछि नागरिक उन्मुक्तिले माग्यो ‘मुख्यमन्त्री’

पुस १० गतेपछि विकसित राजनीतिक घटनाक्रमपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वबारे दलहरुबीच रोचक रस्साकस्सी बढेको छ ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई बाहिर राखेर बनेको नयाँ गठबन्धनमा आवद्ध दलहरुले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी बढाउँदै दौडधुप गरिरहेका छन् ।

गठबन्धनभित्रको मुख्य घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आ–आफ्नै नेतृत्व दाबी गरिरहेको बेला चौथो ठूलो दलको हैसियतमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि नेतृत्वमा दाबी गर्न थालेपछि सरकार गठनको राजनीति रोचक बनेको हो ।

मंसिर ४ को प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा टीकापुर राजबन्दी रिहाइ र सुदूरपश्चिममा ‘ढकिया सरकार’को चुनावी नारा दिइ चुनाव लडेको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्न थालेको हो । पुस १० गतेको विकसित राजनीतिक घटना क्रम अनुसार सुदूरपश्चिम सरकार गठनको अंकगणित नागरिक उन्मुक्ति अनुकुल भएपछि सो दलले नेतृत्वमा दाबी गरेको हो ।

राजबन्दी रिहाइ आफूहरुको बटम लाइन रहेको बताउँदै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी भन्छन्, ‘हाम्रो बटम लाइन राजबन्दी रिहाइ नै हो । संघमा अहिलेको प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन हो । तर हाम्रो माग मुद्दा सम्बोधन बिना हामी संघ सरकारमा जाँदैनौं तर सुदूरपश्चिमको हकमा सोचनीय कुरा छ । यहाँको विकास, उत्पीडित वर्गको उत्थानका लागि हामीले नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

बुधबारमात्रै प्रदेश सरकारको नेतृत्वबारे सुदूरपश्चिमका माओवादी र एमालेका शिर्ष नेताबीच छलफल समेत भएको प्रमुख सचेतक चौधरीले खुलाए । सो छलफलमा आफूहरुले पनि नेतृत्वको दाबी गरेको उनको भनाइ छ ।

यस्तो छ अंकगणित

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य चाहिन्छ ।

यहाँ नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा हालको माओवादी केन्द्र र एमाले नेतृत्वको सत्ता साझेदार दलहरुलाई पनि प्रदेश सरकार निर्माणमा आवश्यक बहुमत जुटाउन सकस पर्ने देखिन्छ ।

केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, एमाले र राप्रपाको सिट संख्या जोड्दा यहाँ २२ मात्रै पुग्छ । नागरिक उन्मुक्ति पार्टीका ७ सिट जोड्दा २९ पुग्छ र सहज रुपमा बहुमत जुट्छ ।

अर्कोतिर, प्रदेशसभामा ठूलो दल रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा पनि प्रदेश सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्दैन । कांग्रेसका १९ र  नेकपा समाजवादीका ४ जोड्दा जम्मा २३ पुग्छ । नागरिक उन्मुक्तिले समर्थन गरेको अवस्थामा मात्रै यो गठबन्धनमा सहज बहुमत पुग्ने देखिन्छ । जुनकारण एमाले वा माओवादी नेतृत्वको सरकार बन्न नदिन कांग्रेस र नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको अफर नदेलान् भन्न सकिन्न । तर यसका लागि पछिल्लो विकसित राजनीतिक परिघटनाले भूमिका खेल्ने देखिन्छ । प्रचण्ड नेतृत्वको सरकारको सहयोग बिना नागरिक उन्मुक्तिले उठाउँदै आएको राजबन्दी रिहाइको माग पूरा नहुने भएकोले कांग्रेससँगको समीकरण बन्ने सम्भावना उत्तिकै न्यून देखिन्छ ।

हामी नेतृत्व दिन तयार छौं : कांग्रेस प्रदेशसभा सदस्य शाह

तर यहाँको सबैभन्दा शक्ति नेपाली कांग्रेस केन्द्रमा माओवादीबाट पाएको असहयोगको जवाफ सुदूरपश्चिममा जोडदारमा दिने रणनीति अवलम्बन गर्ने दाउमा छ । आफू सम्मिलित दलको समीकरण बनाइ सरकार बनाउने हरसम्भव प्रयत्नमा कांग्रेस लागेको छ ।

नेपाली कांग्रेस संसदीय दलका आकांक्षी रहेका प्रदेशसभा सदस्य कमल बहादुर शाहले भने, ‘हामीले सबैसँग छलफल अगाडि बढाएका छौ । सबैको सकारात्मक जवाफ पाएका छौं । पहिला हामी सम्मिलित दलको सरकार बनाउने सहमति हुनुप¥यो, नेतृत्व कसले गर्ने कुराको निर्क्यौल गर्नु ठूलो कुरा होइन । जसलाई (उन्मुक्ति पार्टीलाई) पनि दिन हामी तयार छौं ।’

मेरो भूमिका निर्णायक होइन : स्वतन्त्र सांसद जोशी

स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य डा. तारा जोशीले भने हालसम्म कसैलाई समर्थन नगरेको बताएका छन् ।

 उनले भने, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम अनुसार बनेको गठबन्धन वा हालको कांग्रेसकै नेतृत्वमा बन्ने आकलन गरिएको गठबन्धनसँग मेरो उपस्थितिले भूमिका खेल्ने देखिदैन । कसैसँग छलफल पनि भएको छैन । मैलै त कुनै पनि गठबन्धन सरकारले ल्याउने कार्यक्रमको आधारमा समर्थन गर्ने वा नगर्ने कुरा रहन्छ ।’

सुदूरपश्चिममा पुुस १५ गते प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । पुस १८ गते प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठक आह्वान गर्ने बताइएको छ ।

प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गरेसँगै प्रदेश सरकार निर्माणका लागि समय तोकिने छ । तर नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दललाई समर्थन हालसम्म नगरेको अवस्थामा भने प्रदेश प्रमुखले निर्धारण गरेको समयावधिमा कसैको पनि बहुमतको सरकार बन्ने सम्भावना हुँदैन । त्यस्तो अवस्थामा प्रदेश प्रमुखले दोस्रो पटक अल्पमतको सरकार निर्माणका लागि सूचना जारी गर्न सक्ने प्रावधान छ ।

प्रकाशित:

१३४९ दिन अगाडि

|

१५ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९