धनगढी : सुदूरपश्चिम प्रदेश सभा परिसर नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको आगमनले उल्लासमय थियो ।
मंसिर ४ गते भएको पदेश सभा सदस्य निर्वाचनमा निर्वाचित प्रदेश सभा सदस्यहरुको लागि शुक्रबार शपथ ग्रहण कार्यक्रम राखिएको थियो ।
प्रदेश सभा सचिवालयका कर्मचारीहरु १० बजे नै पुगिसकेका थिए । शपथ ग्रहणको लागि दिउँसो १ः३५ बजेको समय निर्धारण गरिएको थियो । तर निर्धारित समयभन्दा १ घण्टा पहिलेदेखि नै नवनिर्वाचित प्रदेश सभा सदस्य, तिनका सहयोगी र शुभेच्छुकहरुले प्रदेश सभा परिसर भरियो । अनि सुरु भयो बधाइ ज्ञापन र फोटो सेसन ।
अधिकांश प्रदेश सभा सदस्य दौरा सुरुवाल, कोटसहित नेपाली टोपीमा ठाटिएर, त कोही साडीमा सजिएर पुगेका थिए । तथापि आफ्नै परम्परागत पोषकमा ठाटिएर पुगेका प्रदेश सभा सदस्यतिर सबैको ध्यान एकाएक खिचियो । उनीहरुको फोटो लिने र बधाइ दिनेहरुको भिड भने बेग्लै देखिन्थ्यो । हेर्नलायक नै थियो ।
नागरिक उन्मुक्तिबाट निर्वाचित प्रदेश सदस्य रामेश्वर चौधरी, लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी, घनश्याम चौधरी, खुशीराम चौधरीले आफ्नै मौलिक पोषाक सेतो धोती, खुट्टामा काठको पौवा, टाउको परम्परागत टोपीमा ठाटिएका थिए । उनीहरु प्रदेश सभा परिसरमामा पाइला टेक्ने बित्तिकै सबैको केन्द्र बिन्दुमा रहे ।
नेपाली कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीता कुमारी चौधरीको फोटो लिनेहरुको भिड पनि कम थिएन । उसै पनि ढपक्क बलेको सुन्दर अनुहार, त्यसैमाथि आफ्नै मौलिक पोषाक लेहंगा, चोलिया, घाँटी र सिउँदोभरि चाँदीका गरगहना र त्यसमाथि कोटमा सजिएकी उनी परिसरमा उभिने बित्तिकै पत्रकार र आगन्तुकहरुको क्यामेराको निशाना बनिरहिन् ।
राप्रपाबाट प्रदेश सभा सदस्य रहेकी खेमा देवी बिष्ट पनि आफ्नो मौलिक पोषाकमा सजिएर शपथ ग्रहण गरेकी छिन् । घाँघ्रा र चोलीमा निकै सुहाएकी बिष्ट पनि सबैको ध्यान तानेकी थिइन् । घाँघ्रा र चोली डोटी, अछाम, बाजुरालगायतको मौलिक पोषाक हो ।
सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले शुक्रबार पद तथा गोपनीयको शपथ ग्रहण गरेका छन् ।
सर्वप्रथम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका थिए । तत्पश्चत रावलले बाँकी ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।
प्रकाशित:
१३४९ दिन अगाडि
|
१५ पुष २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९