प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी लगायतको मुद्दा सरकारले विश्वासको मत लिएपछि टुंग्याउन पहल गर्ने बताएका छन् ।
शुक्रबार थारू कल्याणकारिणी सभा (थाकस) का पदाधिकारीहरुसँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि रेशम चौधरीको मुद्दाबारे टुंगो लगाउन पहल गर्ने आश्वासन दिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताए । उनका अनुसार टीकापुरको मुद्दा पहिल्यैदेखि राजनीतिक भएकाले यसलाई राजनीतिक तवरले नै टुंगोमा पुर्याउने पहल आफूले गर्ने जनाए ।
साथै, निजामती सेवा ऐनमा थारू समुदायको आरक्षणसमेत सुनिश्चित गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका छन् ।
भेटघाटमा थारू आयोगका अध्यक्ष विष्णु चौधरी, सदस्य डा उमाशंकर चौधरी, शान्ति मोदी पनि संग्लग्न थिए । तिनले थारूको भाषा, संस्कृतिमाथि संवैधानिक निकायबाटै भइरहेको आक्रमणलाई जोगाउनसमेत पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए । स्मरण रहोस्, हालै मधेसी आयोगले थारु जातिलाई मधेसीमा सूचीकरण गरेको थियो ।

प्रकाशित:
१३४२ दिन अगाडि
|
२२ पुष २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९