कारी महतो
आठौं संस्करणको खिचरा महोत्सव महोत्सव पुस २८ देखि माघ ४ गतेसम्म खैरहनी नगरपालिका–५ गौचरन, चितवनमा हुँदैछ । सो अवसरमा परिसरमा खैरहनी–८ पर्सास्थित केयर पोलिक्लिनिकको सहयोगमा “निःशुल्क वरिष्ठ डाक्टर सेवा उत्सव” हुने भएको छ ।
आयोजकका अनुसार हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म विभिन्न विशेषज्ञ डाक्टर सेवा र औषधिहरु निःशुल्क उपलब्ध गराइनुका साथै विशेष छुटमा ल्याब, एक्स रे तथा भिडियो एक्स रे सुविधा उपलब्ध गराइने भएको छ ।
स्वास्थ्य शिविरमा पुस २८ गतेका दिन वरिष्ठ स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा. पुष्प चौधरी, २९ गते वरिष्ठ छाती, मुटु, पेट, मधुमेह, उच्च रक्तचाप तथा थाइराइड विशेषज्ञ डा. गौरीराम महतोले सेवा दिनेछन् ।
त्यस्तै, पुस ३० गते हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रितम चौधरी, माघ २ गते वरिष्ठ नाक कान घाँटी तथा थाइराइड विशेषज्ञ डा. विकास पाण्डे र वरिष्ठ सर्जन डा. अमित चौधरी तथा माघ ४ गते वरिष्ठ हाडजोर्नी, नशा, मेरुदण्ड, जोर्नी–प्रत्यारोपण तथा क्यान्सर रोग विशेषज्ञ डा. अरुण सिग्देलले सेवा दिनेछन् ।
त्यस्तै, हरेक दिन मेडिकल अधिकृत डा. अभिनाश कुमार रायले महोत्सव परिसरमा निःशुल्क सेवा उपलब्ध गराउने स्वास्थ्य समितिका संयोजक भोला चौधरीले जानकारी दिए ।
पुस २९ का दिन आँखा शिविर, माघ ३ गते बृहत खुला रक्तदान कार्यक्रम, माघ ४ गते भरतपुर क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर स्क्रिनिङ कार्यक्रम समेत हुने स्वास्थ्य समितिका सहसंयोजक मानसिंह चौधरीले बताए ।
प्रकाशित:
१३३४ दिन अगाडि
|
२५ पुष २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९