सुदूरपश्चिम सरकार गठनमा गाँठो पर्दैै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई फोन गरी फकाएका छन् ।
काठमाडौंको डिल्लीबजार कारागारमा रहेका चौधरीलाई बुधबार ४ बजेतिर दोस्रो पटक ओलीले फोन गरेर माघ महिनाभित्र गुड न्यूज आउने बचन दिएका हुन् ।
समाचार स्रोतका अनुसार ओलीले फोन गरेर सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग माग्ने क्रममा यस्तो बचन दिएका हुन् । ‘रेशमजीलाई केपीजीले फोन गर्नुभयो माघ महिनाभित्र गुड न्यूज आउँछ । त्यसमा मैले तपाईलाई विश्वास दिलाउन चाहन्छु’ ओली चौधरी संवादका विषयमा ती नेताले भने, ‘तपाई (रेशम चौधरी)ले सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग गर्नुपर्यो । अब मिलेर जाउँ भन्ने छ ।’ ओलीले माघ महिनामा गुड न्यूज आउने बचन दिएपछि चौधरीले ओलीलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहयोग गर्ने बल्ल प्रतिवद्धता जनाए ।
त्यसपछि बल्ल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका फुलमाला लगाउन तम्तयार एमालेका राजेन्द्र रावलसँग नागरिक उन्मुक्तिका सांसदहरु सम्पर्कमा आएका थिए ।
यदि माघ महिनाभित्र टीकापुर घटनाको मुद्दा फिर्ता नलिएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चौधरीले चेतावनी दिएको ती नेताले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीले आज बिहान पनि चौधरीलाई फोन गरेका थिए । माओवादी, नागरिक उन्मुक्ति लगायत पार्टीको समर्थनमा रावलले आजै मुख्यमन्त्रीको सपथ लिएका छन् ।
प्रकाशित:
१३३७ दिन अगाडि
|
२७ पुष २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९