Above News Title

सुर्खेतमा थारूहरूले मनाए माघ महोत्सव

मघौटा नाच प्रतियोगितामा वीनपा–९, तिलपुर गाउँ प्रथम
सुर्खेतमा थारूहरूले मनाए माघ महोत्सव

माघी पर्वको अवसरमा वीरेन्द्रनगर–९ तिलपुरमा पुस र ३० गते दुई दिने माघीको महत्वबारे  प्रशिक्षण, मघौटा नाच प्रतियोगिता एवम् ढुमरु गीतको सांगीतिक रात्री सांस्कृृतिक नाचगान गरी माघ महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

लखागिन थारू उत्थान मञ्च, सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारू कलाकार मञ्च, अर्गानिक सामुदायिक होमस्टे तिलपुरको सहआयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा माघी पर्वकोे महत्व एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउँदै गएकोले यस पटक यस पर्वको महत्वबारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता र ढुमरु गीतको रात्री माघ सांगीतिक प्रस्तुतिसहित कार्यक्रम मनाएको कुरा लखागिन थारू उत्थान मञ्च सुर्खेतका अध्यक्ष मान बहादुर पन्नाले बताए ।

पन्नाले माघ थारूहरूको विशेष पर्व भएकोले कर्णाली प्रदेशको वीरेन्द्रनगरमा मात्र बसोबास रहेको थारूहरूलाई स्थानीय तहको सरकारले थारू समुदायका कर्मचारी, शिक्षक, विद्यार्थीहरूलाई दुई दिनसम्म बिदा दिनुपर्ने माग पनि राखे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष थारूहरूलाई दुई दिनसम्म सार्वजनिक बिदा दिइरहदा सुर्खेती थारूहरू अन्यायमा परेको उनको गुनासो थियो ।

पुस २९ गते गरिएको प्रशिक्षण कार्यक्रममा माघी पर्वको महत्वको बारेमा थारू संस्कृतिविद एवम् साहित्यकार मानबहादुर चौधरी पन्नाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा माघी मनाउने विधि तौरतरिका, समुदायमा यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौती र नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने लगायतको विषय उठान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वीरन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नेपाल विविधतामा एकता भएको देश हो । थारू समुदाय नेपालको मात्र होइन, सुर्खेत उपत्यकाको पनि मूल आदिवासी हुन् । थारूहरूको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखिन् । संस्कृति देशको पहिचान र चिनारी भएकोले थारू समुदायका लागि नगरपालिकाबाट हुने सबै किमिसको सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

कार्यक्रमका वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले थारू समुदायको कला संस्कृति संरक्षणका लागि नगरपालिकाले  आगामी दिनमा थारूहरूको मौलिक संस्कृति माघ पर्वका लागि हरेक वर्ष निश्चित बजेट विनियोजन गरी सहयोग गर्ने प्रतिवद्धता जनाए । कला संस्कृतिमा धनी रहेको थारू समुदायको पहिचान धरोहर  माघी पर्व पनि हो । यसलाई बचाउने जिम्मा सरकारले दायित्व बोध गरिने उनले जिकिर गरे ।

त्यस्तै, कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख जागुराम चौधरीले सुर्खेतका थारूहरूको भाषा संस्कृति संरक्षण संवद्र्धन गर्न थारू समुदाय आफै पनि जागरुक हुनुपर्नेमा जोड दिए । अब राजनीतिमा पनि अगाडि बढ्नुपर्ने र सदस्यमा मात्र होइन, वडाध्यक्ष, नगर प्रमुख उपप्रमुखमा समेत फड्को मार्न सुझाव दिए । युवालाई पुराना पुर्खाहरूले सिकाउनुपर्ने र युवाहरू पनि आफ्नो संस्कार संस्कृतिलाई माया गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए । युवाहरूले अवको बदलिंदो परिवेशमा सांस्कृतिक रुपान्तरण गर्न जरुरी भए पनि मौलिकतालाई भुल्न नहुनेमा उनको जोड थियो ।

कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्ण बहादुर थारू, थाकसका जिल्ला सभापति बेचुलाल चौधरी, थारू वुद्धिजीवि  लालबहादुर चौधरी, मानबिर थारू, अमर चौधरी, शेरबहादुर थारू लगायतका वक्ताहरूले माघीको शुभकामना व्यक्त गर्दै थारूहरूको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा लखागिन उत्थान मञ्चका उपाध्यक्ष लोकबहादुर चौधरीले स्वागत मन्तव्य गरेका थिए ।

मघौटा नाच प्रतियोगितामा वीनपा–९, तिलपुर गाउँ प्रथम, वीनपा–२, कोलडाँडा नयाँ वस्तीका द्वितीय, वीनपा–१०, पदमपुरका तृतीय र वीनपा–३, तातोपानी सान्त्वना स्थान प्राप्त गरेका थिए ।

माघ महोत्वस कार्यक्रममा स्थानीय निर्वाचनमा निर्वाचित सदस्य रमेश चौधरी, सरिता चौधरी, लक्ष्मी चौधरी र मानबहादुर चौधरीलाई सम्मान पनि गरिएको थियो । त्यसैगरी, थारू समुदायमा भाषा, कला, संस्कृतिमा विशेष योगदान पु¥याउने वीनपा–२, कोलडाँडाका मानबिर थारू, ठौरीका टेक बहादुर चौधरी, फलाँटेका कालिका चौधरी र वीनपा–१०, बुदबुदीका बिन्दु चौधरीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न थारू कलाकारहरूबाट थारू नृत्य तथा गीतहरू समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन लखागिन थारू उत्थान मञ्च सुर्खेतका सचिव जितबहादुर चौधरी र मान कुमारी चौधरीले गरेका थिए ।

 

प्रकाशित:

१३३३ दिन अगाडि

|

१ माघ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९