Above News Title

चुनिन थाले थारु बस्तीमा बरघर, १५ पालिकाले ल्याए बरघर ऐन

सरोज चौधरी भए लगातार २८ पटक बरघर
चुनिन थाले थारु बस्तीमा बरघर, १५ पालिकाले ल्याए बरघर ऐन

कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको अगुवा अर्थात भलमन्सामा सरोज चौधरी लगातार २८औं पटक निर्वाचित भएका छन् ।

२०५२ सालदेखि निरन्तर गाउँको अगुवाई गरिरहेका उनलाई भुरा खेलले पुनः भलमन्सा बनाएको हो ।

माघी मनाएसँगै पश्चिम नेपालको थारू बस्तीमा भलमन्सा चुन्ने कार्य चलिरहेको छ । थारू गाउँको अगुवा बरघर, भलमन्सालाई स्थानअनुसार महटाँवा, ककनडार पनि भनिन्छ । माघी डेवानी एवं भुरा खेलमार्फत् बरघर, भलमन्सासँगै चिराकी, चौकीदार, गुरुवा, कसौकालगायतका गाउँ प्रतिनिधिहरु चुनिन थालेका हुन् । कतै सर्वसम्मत चुनिन थालेका छन् भने कतै चुनावी विधिमार्फत पनि चुनिन थालेका हुन् ।

कैलालीको कैलारी गाउँपालिका–९ सामरचौराका भलमन्सामा मानबहादुर चौधरी चौथो पटक चुनावी विधिबाट निर्वाचित भएका छन् । १६६ घरधुरी रहेको सो बस्तीका १०७ जनाले उनको पक्षमा मतदान गरे । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुर गाउँको भलमन्सामा पुनः सर्वसम्मत रुपमा गरिबदास चौधरी चुनिएका छन् ।

यसैबीच बस्तीको प्रमुखमा महिलाहरु समेत आउन थालेका छन् । धनगढी उपमहानगरपालिका–११ बाँसखेडा गाउँको भल्मन्सामा गीता चौधरी र चौकीदारमा इन्दिरा चौधरी चयन भएका छन् । गाउँको नेतृत्वमा क्रमशः महिलाहरु आउनु समाज विकास तथा महिला सशक्तिकरणको रुपमा लिनुपर्ने बताउँछन् धनगढी उपमहानगरपालिकाका नगर भल्मन्सा समितिका अध्यक्ष रोहित चौधरी ।

बरघर ऐन बन्दै, कार्यान्वयन फितलो

आफ्नो नेतृत्व आफै छान्ने बरघर प्रणाली थारू समुदायको ऐतिहासिक लोकप्रिय प्रणाली हो । यस्तो संगठनलाई अन्तर्राष्ट्रिय श्रम महासन्धि ९आईएलओ १६९० प्रथाजनित कानुनको रुपमा लिन्छ । जुन महासन्धिको नेपाल पक्ष राष्ट्र हो । 
थारू बस्तीमा माघ महिनाभरि गाउँको अगुवा नेतृत्व चयन गर्ने प्रचलन रहिआएको छ । भलमन्सासँगै भलमन्साको सहयोगीको रुपमा काम गर्ने चौकीदार ९खबरबाहक०, गुरुवा ९पुरोहित०, केसौका ९सहायक पुरोहित० लगायत पदाधिकारी छनोट गर्ने प्रचलन छ । 

पछिल्लो समय स्थानीय तहहरुले बरघर प्रणालीलाई संस्थागत गर्नमा अग्रसरता देखाउँदै आएका छन् । स्थानीय पालिकाहले बरघर ऐन नै निर्माण गरेर कानूनी मान्यता दिनमा जुटेको बताउँछन् बरघर प्रणालीका अभियानकर्ता एकराज चौधरी ।
अभियानकर्ता चौधरीका अनुसार पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लास्थित थारू बहुल क्षेत्रमा हालसम्म १५ पालिकाले बरघर ऐन ल्याइसकेका छन् ।

जसअनुसार बर्दियाको बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका, बह्रैयाताल गाउँपालिकाले ऐन ल्याइसकेको छ ।

त्यस्तै, कैलालीको जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका साथै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाले पनि ऐन ल्याएको छ । त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिकाले पनि बरघर ऐन ल्याएको चौधरी बताउँछन् ।

‘बरघर प्रणाली प्रथाजनित कानून हो । आफ्नो नेतृत्व आफै छनोट गरिने, गाउँको गत वर्षको कार्यको समीक्षा गरिने र आउँदो वर्षको योजना बनाइन्छ । जुन एकदमै लोकतान्त्रिक विधिबाट हुन्छ ।’ उनी भन्छन्, ‘नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनअनुसार पनि थारू बाहुल क्षेत्रका स्थानीय तहहरुले बरघर प्रणालीलाई संरक्षण र विकास गर्न ऐन निर्माणमा जुटेका छन् ।’

केही थप पालिकाहरुले ऐन ल्याउने तयारीमा रहेको पनि उनको भनाइ छ । तर ल्याइएका ऐन  कार्यान्वयनमा भने सुस्त देखिएका छन् । तथापि पालिकाहरुले ऐन कार्यान्वयनको चरणमा रहेको बताएका छन् । टीकापुर नगरप्रमुख रामलाल डंगौराले नगरसभाबाट पारित भएको बरघर ऐन कार्यान्वयनको लागि कार्यविधि ल्याउने तयारीमा रहेको बताए । 

बर्दियाको बारबर्दियाका तात्कालीन नगर प्रमुख दुर्गा चौधरी ‘कविर’को पालामा बारबर्दियाले सबैभन्दा पहिले बरघर ऐन लागु गरेको हो । तर हालैको स्थानीय चुनावबाट नगर प्रमुख छविलाल थारू आएपछि बरघर ऐन कार्यान्वयनमा सुस्तता आएको छ । ऐनमा सुधारको खाँचो रहेको औल्याउँदै कार्यान्वयनमा लैजाने उनले बताए ।

बरघरहरुको क्षमता विकास, न्याय निरुपणको सीमालगायत सवालमा सचेतीकरणका साथै पहिचानको लागि नगरपालिकाबाट परिचय पत्रको व्यवस्था समेत गरिन लागेको नगरप्रमुख थारूले जनाए । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले थारू बाहुल्य स्थानीय तहको विकास निर्माणका कार्य बरघर विना असम्भव रहेकोले बरघर ऐन कार्यान्वयनप्रति आफू गम्भीर रहेको बताए ।

के छ बरघर ऐनमा ?
स्थानीय पालिकाहरुले बरघर ऐन ल्याएर बरघर प्रणालीलाई कानुनी मान्यता प्रदान गरी संस्थागत गरिरहेका छन् । बरघर संरक्षण अभियानकर्ता एकराज चौधरीले बरघर ऐन आएसँगै लोप हुने क्रममा रहेको बरघर प्रणालीलाई संरक्षण गर्नु राज्यको दायित्व बनेको र स्थानीय सरकारको योजना निर्माणमा सहभागिता सुनिश्चित हुने बताउँछन् । 

उहिल्यैदेखि आर्थिक, सामाजिक तथा विकास निर्माणमा बरघरहरुको प्रत्यक्ष सहभागिता छ । गाउँघरमा न्यायनिसाफको काम पनि बरघरकै नेतृत्वमा हुन्थ्यो । तर राज्यबाट उपेक्षा हुँदै आयो । उनले भने, ‘अब ऐन आएपछि उनीहरुको सर्वप्रथम पहिचान गरिने काम होला । राज्यको संरचनामा पहुँच बुद्धि हुने देखिन्छ । स्थानीय सरकारको विकास योजना निर्माण प्रक्रियामा सहभागिता भइ बजेट बाँडफाँटमा समेत पहुँच पुग्ने देखिन्छ । अन्ततः उपभोक्ता समितिको काम पूर्णतः बरघर प्रणालीमार्फत् हुने देखिन्छ ।’

बरघर प्रणाली आफैमा भाषा, संस्कृतिको एक पाटो भएकाले यसको संरक्षण पनि सँगैसँगै हुने चौधरीले विश्वास व्यक्त गरे ।

प्रकाशित:

१३२६ दिन अगाडि

|

९ माघ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६७ दिन अगाडि

|

२७ मंसिर २०७९